Sunday, January 24

को’रोनावि’रुद्ध चीनको निर्णायक कदम, २० करोड भ्याक्सिन उत्पादन, ४ देशमा ‘फाइनल’ ट्रायल

July 12, 2020 505

काठमाडौं। चीनले को’रोनाभा’इरसवि’रुद्ध ‘निर्णायक’ कदम चाल्ने भएको छ । उसले ठूलो परिमाणमा ट्रायल र भ्याक्सिन उत्पादनको तयारी गरेको छ । रोयटर्सको रिपोर्टअनुसार को’रोनाभाइ’रसवि’रुद्धको भ्याक्सिन विकासमा सबैभन्दा अगाडि रहेको कम्पनी क्यान्सिनो बायोलोजिक्सले आफ्नो भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायलको लागि रुस, ब्राजिल, साउदी अरेबिया र चिलीसँग छलफल गरिरहेको छ।

सरकारी तथ्यांकअनुसार अहिले चीनमा को’रोना सं’क्रमणको दर निकै कम भइसकेको छ जसका कारण चीनमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल सम्भव देखिँदैन । तेस्रो चरणको लागि ठूलो संख्यामा स्वयंसेवीहरुलाई भ्याक्सिन दिनुपर्छ र ती स्वयंसेवीहरु यस्तो क्षेत्रका हुनुपर्छ जहाँ सं’क्रमण दर अधिक होस् र परीक्षणका लागि भ्याक्सिन लिएका स्वयंसेवकहरु सं’क्रमित हुने संभावन उच्च होस् ताकि सं’क्रमित भएपछि उनीहरुको शरीरमा भ्याक्सिनले गर्ने प्रतिक्रियाको अध्ययन गर्न सकियोस् ।

आफ्नो देशमा फाइनल ट्रायल सम्भव नदेखिएपछि चीनले विदेशमा ट्रायल गर्ने तयारी गरेको छ । अहिले अमेरिकापछि सबैभन्दा प्रभावित देश ब्राजिल बनेको छ जसले गर्दा ब्राजिल भ्याक्सिन ट्रायलको लागि उपयुक्त क्षेत्र हुन सक्छ । क्यान्सिनोका सहसंस्थापक किउ डोंग्झुले विदेशमा ट्रायलको योजनाबारे जानकारी दिएका छन् । डोंग्झुले अब छिटै फेज ३ ट्रायल सुरु हुने बताएका छन् । यो ट्रायलको क्रममा ४० हजार स्वयंसेवीलाई को’रोना भ्याक्सिनको डोज दिने तयारी छ ।

क्यान्सिनो बायोलोजिक्सले एडी५–एनसीओभी नामबाट को’रोना भ्याक्सिन विकास गरेको छ । यो त्यही भ्याक्सिन हो जसको चीनमा सबैभन्दा पहिले मानिसमा ट्रायल सुरु गरिएको थियो । कम्पनीका अनुसार भ्याक्सिनको फेज २ ट्रायलमा ५०८ स्वयंसेवीलाई भ्याक्सिन दिइएको थियो र यसको नतिजा निकै राम्रो आएको छ । क्यान्सिनोका अनुसार कम्पनीले चीनमा नयाँ फ्याक्ट्री बनाउँदैछ । २०२१ को सुरुवातदेखि यहाँ भ्याक्सिन उत्पादन सुरु हुनेछ । यो फ्याक्ट्रीमा १ वर्षमा १० देखि २० करोडसम्म भ्याक्सिनको डोज तयार हुनेछ ।

प्रतिकृया दिनुहोस्