Friday, January 22

जसले भारतीय च्यानलहरु प्रसारण बन्द गरेर नेपालीहरुलाई खुशी दिए ! [ सम्मान स्वरुप एक शेयर गरौँ ]

July 12, 2020 223

काठमाडौं। केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्। यो खबर नागरिकमा छ। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार अपरेटरहरुले यस्तो निर्णय गरेको बताए। भारतीय च्यानहरुले पछिल्लो समय पत्रकारिताको सामान्य इथिक्स पनि नराखि नेपालका बारेमा विभिन्न अ’नर्गल प्रचार गर्दै आएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीलाई जोडेर कपोकल्पित समाचार समेत प्रशारण गरिरहेका छन्। उनीहरुका समाचारबारे सामाजिक संजालमा चर्को आ’लोचना भइरहेको छ। भारतीय न्यूज च्यानले पत्रकारिताको सामान्य मर्मसमेत नसामाति नेपाल र नेपालीमाथि प्र’हा’र गरेकोले अपरेटरहरुको सल्लाहमा च्यानल बन्द गरिएको शर्माले बताए।

इन्टरनेटबार हुने प्रशारणलाई रोक्नको लागि नीति ल्याउनु पर्ने उनले बताए। ‘हामीले च्यानल बन्द गरेर मात्र हुँदैन। अहिले इन्टरनेटबाट समेत प्रशारण हुन्छ। त्यसबाट अफ’वाह फैलिन्छ। यसको लागि सरकारले नीति ल्याउनु पर्छ,’ उनले भने।

यसैगरि नारायण गाउँले लेख्नुहुन्छ:

हार्दिक आभार Dhurba Sharma जी । नेपाल सरकारले कूटनैतिक च्यानलबाट भारतीय सञ्चार माध्यमलाई ग’ल्ती सच्याउन र माफी माग्न लगाउनुपर्थ्यो, त्यस्तो हुन सकेन । तर आफ्नै पहलमा भए पनि तपाईं च्यानल वितरकहरुले दूरदर्शनबाहेकका भारतीय समाचार च्यानल प्रसारण नगर्ने निर्णय गर्नुभो, त्यसले धेरै नेपालीलाई खुशी दिएको छ ।

कुनै पनि सञ्चार सेवाको प्रसारणमा बन्देज लगाइनु लोकतान्त्रिक आचरण होइन तर यतिबेला परिस्थिति बेग्लै छ । ती सञ्चार संस्था होइन, घृणाको खेती गर्ने माध्यम बनेका छन् । तपाईंहरुले बन्देज भन्दा पनि प्रसारण नगर्ने निर्णय गर्नुभएको होला । दूरदर्शनलाई खुला राखेर तपाईंहरुले दूरदर्शी निर्णय गर्नुभएको छ । यसले सञ्चार र संवाद टुट्नबाट जोगाउनेछ ।

नेपालमा फैलिन सक्ने घृ’णा र ग’लत सूचना त तपाईंहरूको निर्णयले रोकिएको छ तर भारत र विश्वभर यस्तो आपराधिक प्रकृतिको वि’तण्डा रोक्न सरकारले नै थप केही गर्नु जरूरी छ । हाम्रो आ’पत्ति च्यानलसँग होइन, कन्टेन्टसँग हो । आशा गरौँ, कन्टेन्टहरू सच्च्याइनेछन् र परिस्थिति पूर्ववत् हुनेछ । तपाईंको म्याक्स टिभीलगायत सम्पूर्ण प्रसारकको जय होस् !

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्