इटहरी। सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिकाका एक किसान स्थानीय जात तथा कडकनाथ कुखुरा पालनमा जोड दिइरहेका छन् । बिरलै पाइने कडकनाथ जातकाे कुखुरा पालेर उनि उदाहरण बनेका छन् । झन्डै एक हजार कुखुरा पालेका बराहक्षेत्र –३ भानुटाेलका राजेन्द्र कुमार तामाङ स्थानीय जातका कुखुराका साथै कडकनाथकाे माग अत्यधिक रहेकाले अझ थप्ने तयारी समेत गरिरहेका छन् ।
कालो जातको यो कुखुरा कालिजजस्तै हुन्छ । बजारमा उक्त कुखुराको मासु प्रतिकेजी २ हजार ५ सय रुपैयाँ सम्म बिक्छ ।उनको खोरमा २५ काे हाराहारीमा ‘कडकनाथ’ जातका कुखुरा पनि छन् । ‘कालो रंग र मासु पनि कालै हुन्छ तर रक्तचाप, बाँझाेपन, मुटु र पेटसम्बन्धी लगायतका रोगका बिरामीलाई राम्रो गर्छ,’तामाङ भने, ‘अब लोकल कुखुरा र कडकनाथको समेत फरकफरक उत्पादन बढाउने तयारीमा छु ।’
ब्रोइलरलाई २ देखि साढे दुई महिनामा बेचि सक्नुपर्छ । नत्र मासुभन्दा दानापानीको मूल्य बढी परिदिन्छ । यो अवधिमा ब्रोइलर ३ देखि ४ केजीसम्मको भइसक्छ । स्थानीय जातको कुखुरा भने ७ महिनादेखि एक वर्ष पालेपछि बल्ल तीन केजी जति हुन्छ । तर यसलाई दानामा धेरै खर्च हुँदैन । बारीको कलिलो घाँस र घरैमा पाइने धान, मकै र गहुँ तथा भटमास खुवाउन सकिन्छ ।
१५ बर्ष बैदेशिक राेजगारी अन्तर्गत मलेसियामा कार्यरत तामाड अहिले कुखुरापालनबाट आफु सन्तुष्ट रहेकाे बताउछन् । उनि भन्छन् लकडाउनकाे बेलामा पनि धरान इटहरी लगायतका स्थानहरूकाट खाेरमै ग्राहकहरू कुखुरा किन्न अाएका छन्, उनि थप्छन् कडकनाथ कुखुराकाे डिमान्ड धेरै रहेछ, सुरूवाती चरणमा काठमान्डाैबाट कडकनाथ जातका चल्ला २०० रूपैया प्रतिगाेटा किनेर ल्यणाएका तामाङले अब कडकनाथका अण्डा लाेकललाइ काेलल्न दिने बताए । अब अरू जग्गा भाडामा लिएर व्यवसाय बिस्तार गर्ने उनकाे साेच रहेकाे छ ।-पुर्वेलीन्युजबाट
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।
प्रतिकृया दिनुहोस्