Monday, March 8

पीसीआर मेसिन स्थापनाका लागि गौरिका सिंहद्वारा १ लाख सहयोग

July 11, 2020 216

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेर कीर्तिमानसमेत बनाएकी सिंहको पुख्र्यौली घर सुदूरपश्चिम हो । उनको पुर्खा सुदूरपश्चिमको बझाङका हुन् । यसअघि पीसीआर मेसिन खरिदका लागि तेक्वान्दोका दिपक बिष्ट र उनकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।

कोरोना जाँचका लागि मेसिन अभाव भएपछि सहयोग अपिल गर्दा विभिन्न विधाका खेलाडीले पनि आर्थिक सहयोग गरिरहेका छन् ।कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन स्थापनाका लागि पौडी खेलाडी गौरिका सिंहले १ लाख सहयोग गरेकी छिन् । उनले डडेल्धुरामा स्थापना हुन लागेको पीसीआर मेसिन स्थापनाका लागि हजुरबुबा लोकभक्त राणामार्फत् आर्थिक सहयोग गरेकी हुन् । गौरिका अहिले आफ्ना आमाबुबासँग बेलायतमा छिन् ।

याे पनि पढ्नुस कोरोना भाइरसः कक्षा छोड्ने दर बढ्न सक्नेत्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द, क्रिकेटका प्रशिक्षक जगत टमाटा, क्रिकेटर नरेश बुढा ऐरले पनि आर्थिक सहयोग गरिसकेका छन् ।

याे पनि पढ्नुसचिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकारसँगको सम्बन्धको कुरा भने अस्वीकार गर्दैआएको छ ।

भारत सरकारले हालै उक्त एप्सलाई बन्द गरेको जनाएको हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो । लद्दाख झडपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

जुन महिनाको सुरुमा लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । फलस्वरुप भारतमा चीनविरोधी प्रदर्शन समेत भएका छन् । लोकप्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगकर्ता छन्

प्रतिकृया दिनुहोस्