Monday, January 25

मध्यराति अचानक ! निन्द्राबाट ब्यूँझिएकी महिलाको शरीरमा केहि टाँसियो, अनि निकाल्न थाल्यो विचित्रको आवाज !

July 11, 2020 88

एजेन्सी। बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्यान त्यतिबेला संकटमा पर्यो जतिबेला मध्यरातमा अचानक उनलाई एक नागले बेर्यो। विचित्रको आवाज सुनेपछि निन्द्राबाट ब्यूँझिएकी महिला आफ्नो शरीरलाई नागले बेरेको देखेपछि उनको होश उढ्यो। र डरका कारण उनको आवाज पनि निस्किएन।

बिहारको मंगेर जिल्लाको इटहरी पंचायतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पुतुल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बेरेर राखेको थियो। राति सुतेको बेला एक सर्पले उनको बायाँ खुट्टालाई बेरेको थियो। जब आफूलाई अप्ठेरो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको होश नै उड्यो। त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले। त्यसपछि सो सर्प आफैं त्यहाँबाट गयो।

महिलाका छोराले सबैलाई आमाको खुट्टालाई सर्पले बेरेको सुनाए। त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो। केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले। त्यसको डेढ घण्टापछि सापले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट गयो ।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्