Sunday, January 24

बालाजु वृत्तका एक प्रहरीमा को’रोना पोजेटिभ, कार्यालय र व्यारेक सिल

July 11, 2020 164

काठमाडौं। महानगरीय प्रहरी वृत्त वालाजुमा कार्यरत एक प्रहरीलाई को’रो’ना सं’क्र’मण पोजेटिभ देख्उिपछि त्यहाँको व्यारेक र कार्यालय सिलबन्दी गरिएको छ।त्यहाँ कार्यरत सबै प्रहरीलाई अहिले आइसोलेशन वार्डमा राखिएको छ। महानगरीय प्रहरी परिसरका काठमाडौले केही दिन त्यहाँको नियमित काम कारवाही गर्ने गरी सबै प्रहरीलाई आइसोलशनमा पठाएको हो।

परिसर स्रोतका अनुसार वालाजु वृत्तमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि त्यहाँ कार्यरत रहेका सबै प्रहरीको पीसीआर परीक्षण गर्नुपर्ने भन्दै प्रहरी कार्यालय र व्यारेक सिल गरिएको हो।

यसअघि कालिमाटी वृत्तमा पनि दुई प्रहरीलाई को’रोना पोजेटिभ देखिएपछि पाँच दिन व्यारेक र कार्यालय सिल गरिएको थियो। त्यहाँ कार्यरत प्रहरीको परीक्षण गर्दा कोराना पोजिटिभ नदेखिएपछि उनीहरुलाई पूर्ववत काममा फर्काइएको थियो।

प्रतिकृया दिनुहोस्