Thursday, January 21

“राति खाेलामा पानी हेर्न जानु पर्छ, डरले सुत्न सकिदैन्”

July 11, 2020 296

इटहरी / बर्षेनी मनसुन सुरू भए सगै बाढि तथा डुबान इटहरीकाे मुख्य समस्याको रुपमा देखा पर्ने गरेको छ । इटहरीमा बुढि खाेला, टेङ्ग्रा खाेला लगायतका खाेलाहरूमा आउने बढिले बर्षेनी ठुलाे क्षति गर्ने गरेकाे छ । बिगतका बर्षहरूमा पनि यि खाेलामा आउने बाढिले धेरै क्षति गरेकाे छ । यस बर्षकाे मनसुन अहिले सकृय अवस्थामा छ । मनसुन सकृय हुदा पहाडी तथा तराइ क्षेत्रमा निरन्तर बर्षा भइरहेकाे छ । यसरी बर्ष हुदा इटहरीका खाेला नालामा समेत बाढि आउने सम्भावना रहेकाे छ । बाढि आउने सम्भावना बढे सगै तटिय क्षेत्रका बासिन्दामा त्रास बढेकाे छ ।

इटहरीमा बाढिले धेरै क्षति गर्ने इटहरी ४ मा रहेकाे गैरीगाँउका स्थानिय अहिले त्रासकाे जीवन बिताइ रहेकाे छन् । यस गाँउमा बुढि खाेलाले बर्षेनी क्षति पुर्याउदै आएकाे छ । ४ वर्ष अघि यहि खोलामा आएकाे बाढि ७ जनाको ज्यान लिएकाे थियाे । अहिले गाँउका सबै मानिस त्रासकाे जिवन बिताइरहेकाे स्थानिय राम प्रसाद मलि बताउछन् । उनले भने ” राति खाेलामा पानी कति छ भनेर हेर्न जानु पर्छ, डरले सुत्न सकिदैन् ।” पानी पर्ने बितिकै स्थानियमा डर त्रास बढ्ने र निद्रा समेत नलाग्ने गरेकाे स्थानीय बिकास राइ बताउछन् । वडा स्तरबाट बाँस राेपेर कटान राेक्न खाेजे पनि त्याे प्रयाप्त नभएकाे उनी बताउछन् । “उपमहानगरपालिका स्तरबाट केहि ठाँउमा तटबन्ध र जालि लगाए पनि त्यसले बाढि छेक्न सक्दैन् ।” उनले भने “केन्द्र तथा प्रदेश सरकारबाट प्रयाप्त बजेट बिनियाेज गरेर पुर्ण रूपमा तटबन्ध गर्न सके बस्तिलाइ बाढिबाट बचाउन सकिन्छ ।”

इटहरी उपमहानगरपालिका ४ का वडा अध्यक्ष चन्द्र भट्टराइले जनप्रतिनिधि निर्वाचित भएर आए पछि बुढि खाेलाकाे बाढि नियन्त्रणका लागि १ कराेड ५० लाख भन्दा धेरैकाे काम भएकाले धेरै सुरक्षित भएकाे बताए । बुढि खाेला करिडाेर बनाउन सकियाे भने सधैका लागि यस्ताकाे समाधान हुने उनकाे भनाइ छ । त्यसकालागि आफुले पहल गरिरहेका समेत उनले जानकारी दिए । यता उपमहानगरपालिकाका मेयर द्वारीकालाल चाैधरी मुख्य समस्याका रूपमा रहेकाे बाढि तथा डुबान कम गर्न सेरा खाेलालाइ व्यवस्थित गरेकाे बताउछन् । त्यस्तै खाेला नाला अतिक्रमण गरेर बनाएका संरचनाहरू हटाएकाले पनि बाढि तथा डुबान कम हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्