Wednesday, January 20

भारतीय सेनाबाट छिट्टै रिटार्यड हुदैँ थिए सम्बर तर सदाको लागि उतै अस्ताए

July 10, 2020 190

भारतीय सेनामा कार्यरत गोरखाका सम्बर गुरुङ छुट्टी मिलाएर गाउँ आइरहन्थे । प्रमोसन भएपछि खुसी थिए । परिवार र छिमेकीसँग रमाउँथे । तर तिनै छिमेकी र आफन्तले शुक्रबार बिहानै दु:खद खबर सुन्नुपर्‍यो । भारतीय सीमा रक्षाका क्रममा ३६ वर्षीय गुरुङको शुक्रबार बिहान निधन भएको खबर सुनेसँगै परिवार र छिमेकी विक्षिप्त छन् ।

आरुघाट गाउँपालिका–१, मान्वुस्थित माझगाउँका सम्बरले गत कात्तिकमा घर आएका बेला हवल्दार भइसकेकाले अब केही वर्षमा रिटायर्ड ‘लाइफ’ बिताउने कुरा आफन्त र छिमेकीलाई सुनाएका थिए । ‘बिहानै दु:खद खबर सुन्नुपर्‍यो,’ उनका दाजु जितबहादुर गुरुङले भने, ‘सिपाहीबाट हवल्दार भइसकेको थियो, जागिरको अवधि पनि धेरै वर्ष थिएन, यस्तो खबर सुन्नुपर्‍यो ।

सम्बरका दुई छोरी र श्रीमती काठमाडौंमा रहेको जितबहादुरले जानकारी दिए । परिवारका सदस्य र छिमेकी अहिले मृतकको अन्तिम संस्कारका लागि भारतीय सीमा क्षेत्र जाने तयारीमा छन् । ‘अन्तिम संस्कार कहाँ र कसरी गर्ने भन्ने त अलमलमै छौँ, काठमाडौमा बुहारी छिन्, भेट भएपछि यसबारे सल्लाह गर्छौं ।’

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) क्षेत्र नजिक शुक्रबार सवेरै पाकिस्तात तर्फबाट भएको गो लीबारीमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नौसेरा क्षेत्रमा ख टिएका सम्बरको मृ त्यु भएको हो । हरिराम उप्रेतीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्