Saturday, January 23

धुलिखेल अस्पतालबाट कोरोना पोजेटिभ देखिएका दाङका एक पुरुष फरार

May 19, 2020 664

काठमाडौं । कोरोना पोजेटिभ देखिएका एक ब्यक्ति धुलिखेल अस्पतालवाट फरार भएका छन् । काभ्रेको धुलिखेल अस्पतालवाट दाङ स्थायी ठेगाना भएका एक व्यक्ति फरार भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको प्रेस व्रिफिगंका क्रममा दाङ स्थायी ठेगाना भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको थियो ।

उनै कोरोना संक्रमितहरूको निरीक्षणका लागि मन्त्रालयले गठन गरेको कमिटीले अहिले उनी सम्पर्कमा नभएको जनाएको छ । दाङ स्थायी ठेगाना भएका एक कोरोना संक्रमित पुरुष सम्पर्क बाहिर रहेको जानकारी मन्त्रालयले दिएको हो ।

मन्त्रालयले कोरोना पुष्टिको सूचना दिँदा ति पुरुष सम्पर्कमै रहेको जानकारी गराएको थियो ।
दाङ स्थायी ठेगाना भएपनि उनको नमूना काभ्रेमा नै संकलन गरिएको थियो। संकलित उनको स्वाबको नमूना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ५ गते दिउँसो ४ बजेर १५ मिनेट जाँदा गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए ।

त्यतिबेला मन्त्रालयले गराएको जानकारीअनुसार उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेका थिए। तर हाल उनी मन्त्रालयको टोलीको सम्पर्कमा नआएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनको खोजी कार्य जारी रहेको समेत मन्त्रालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्