July 9, 2020 249
काठमाडौं। भनिन्छ, विपद् ‘बाजा बजाएर आउँदैन।’ प्रविधिको विकाससँगै विपद्का बारेमा पूर्व जानकारी गराउँदा–गराउँदै पनि सिन्धुपाल्चोकमा २ जनाको प्राकृतिक विपद्मा परी ज्यान गएको छ १८ जना बेपत्ता छन् ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको अनुमान गरिएको छ। हालसम्म २ जनाको शव भेटिएको छ भने, उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अहोरात्र काम गरिरहेका छन् ।
विपद्का कारण धेरैले गाउँघर छोडेर हिँडेका छन्। वस्तुभाउ मरेका छन्। भोटेकोशी नदिले सडक भत्काउँदा आवतजावतमा समस्या भएको छ। कमल साउद र एसके शर्माले प्रभावित क्षेत्रबाट पठाएका केही हृदय विदारक तस्वीरहरु –
प्रतिकृया दिनुहोस्