Wednesday, January 20

आँखाको पट्टी नखुल्दै बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगे सभामुख सापकोटा

July 9, 2020 184

सिन्धुपाल्चोक। सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बूमा बाढी र पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बुधवार मात्रै आँखाको शल्यक्रिया गरेका सभामुख सापकोटा आँखाको पट्टी नखुल्दै प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् । प्रभावित क्षेत्र सभामुख सापकोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित निर्वाचन क्षेत्रभित्र पर्छ।

प्रेस सल्लाहकार श्रीधर न्यौपानेले फेसबूकमा तस्वीर राख्दै सभामुख सापकोटाले प्रभावित क्षेत्रको निरीक्षण गरेको जानकारी दिएका छन् । बुधवार राति बाढी र पहिरोमा परी स्थानीय स्तरमा ठूलो जनधनको क्षति भएको छ । स्थानीय वासिन्दा, प्रहरी, नेपाली सेना लगायतको टोलीले बेपत्ताको खोजी र उद्धारको काम गरिरहेका छन्।

यसअघि बिहीवार बिहान सभामुख अग्निप्रसाद सापकोटालाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण फर्किनुपरेको थियो । मौसम केही उघ्रिएपछि सभामुख सापकोटा पनि बाह्रबीसे पुगिसकेका हुन् । घट’नामा हालसम्म २ जनाको मृ’त्यु भएको छ भने २० जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्