January 7, 2021 81
काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं.०८ ठकुरी गाँउ स्थित अरनिको राजमार्गबाट ठकुरी गाँउ जाने कच्ची सडक खण्ड किनारामा पहिचान नखुलेको लास फेला परेको छ । अन्दाजी बर्ष ३०।३१ जस्तो देखिने पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
घट् नाको प्रारम्भिक अ नुसन्धानको क्रममा घ ट्नास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लाश पोष्ट मार्टम,आफन्तहरु खोजतलास एवं पहिचानको लागि धुलिखेल अस्पतालकोे शवगृहमा सुरक्षित साथ राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ।
प्रहरीले ला स जाँ,च गर्दा वर्ण गहुँगोरो, बाटुलो अनुहार, उचाई अन्दाजी ५ फिट ईन्च, कपाल कालो छोटो, पातलो जुङ्गा र च्यापुमा पातलो दाह्री भएको, खैरो रंगको रुखको पातको बुट्टा भएको हाफभेष्ट, खैरो रंगको ट्राउजर र रातो रंगको अण्डर वयर कपडा लगाएको पुरुष रहेको खुलेको छ।
प्रतिकृया दिनुहोस्