Sunday, January 24

यस्ता खाना खानमा नगर्नुहोस् लापरवाही, आन्द्रामा प्वाल र घाउ हुनसक्छ !

January 5, 2021 106

काठमाडौँ । हाम्रो पेटमा अम्ल एसिड हुन्छ, जसले खाना पचाउन सहयोग पु–याउँछ । तर, कहिलेकाँही अम्लको मात्रा बढी हुँदा ग्याष्ट्रिक हुने गर्छ ।कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भनिएको हो ।

अव्यवस्थित खानपानका कारण पहिले ग्याष्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ खानपानमा विशेष ध्यान पु–याउनुपर्छ । सकभर पेट खाली राख्नुहुँदैन ।

बढी चिल्लो, अमिलो र पिरो सेवन नगर्ने । त्यस्तै सकभर जंकफूड सेवन नगर्ने । धुम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने । दुखाईबाट बचाउने र बाथरोगको औषधि नियमित सेवनबाट समेत अल्सर हुने गर्छ ।

यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने । अल्सर गराउने किटाणुको संक्रमणबाट बच्नुपर्छ ।

खानामा जथाभावी मसला, रङ आदि प्रयोग गर्नुहुँदैन । सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्