Monday, January 25

सार्वजनिक यातायात सञ्चालनको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन, विकास समितिले बोलायो बैठक

July 8, 2020 204

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी थाल्न मन्त्रीहरूलाई निर्देशन दिएलगत्तै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बुधबार बैठक बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक यातायात सञ्चालन गर्न तयारी थाल्ने निर्देशन दिएका थिए । उनले स्वास्थ्य सुरक्षाको अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने प्रोटोकल तयार गर्न निर्देशन दिएका थिए।

यसकाे भाेलिपल्ट बुधबार १२ दिउँसो बोलाइएको विकास तथा प्रविधि समिति बैठकमा सार्वजनिक सवारी सञ्चालन सम्बन्धमा छलफल गरिने सभापति कल्याणी खड्काको सचिवालयले जनाएको छ । छलफलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

देशमा लकडाउन भएको एक सय ६ दिन बितिसकेको छ । अझै पनि लकडाउन लम्बिने भएपछि सरकारले सुरक्षा सतर्कता अपनाउँदै सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यातायातका साधन सञ्चालनको तयारी थाल्न निर्देशन दिइसकेका छन्।

सरकारले पहिलो चरणमा ट्याक्सी चलाउन अनुमति दिने भएको छ । ट्याक्सी व्यवसायीले चलाउन पाउनुपर्ने माग गर्दै सडक आन्दोलन गरेका छन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्