Sunday, January 24

अब सार्वजनिक यातायात पनि खुल्ने, सरकारले थाल्यो यस्तो तयारी

July 8, 2020 321

काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको हो । तर, निर्णय भने भैसकेको छैन । यसबारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा चल्ने २० हजार ट्याक्सीहरु लकडाउनको मारमा परेको ट्याक्सी व्यवसायीहरुको भनाई छ । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने ११ हजार ट्याक्सी चालक र तीनमा आश्रीत झण्डै ८० हजार परिवारका सदस्य लकडानको मारमा परेको दावी उनीहरुको छ ।

ट्याक्सी चलाउन नपाउँदा र बचत नहुँदा ऋणमा जाने चिन्ता बढेको चालकहरु बताउँछन् । सरकारबाट ब्याज छुट हुने आशा गरेका उनीहरुले सरकारसंग जसरी पनि ट्याक्सी चलाउन दिनु पर्नेे माग गरेका थिए ।

केहि दिन अघि ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै राजधानीमा केहीदिन अघि ट्याक्सी चालकहरुले आन्दोलन गरे। हातमुख जोड्ने पेशा लामो समय बन्द हुँदा उठीबास लाग्ने अवस्था आएको भन्दै उनीहरुले सरकारसंग ट्याक्सी चलाउने अनुमति मागेका थिए ।

साथै, यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने बताइएको छ । सरकारले विकल्प नखोजेर लकडाउनको अवधि मात्र बढाएको भन्दै ब्यवसायीहरुले विरोध गरेका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्