Tuesday, January 19

‘म म रेको खबर सुनें, दुःख लाग्यो’

July 8, 2020 179

भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतार/हतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्‍यो ।

अपरेसन गरिएको ठाउँमा रगत ज मेको र संक्र मण भएर फोहर जम्मा भएको भन्दै कलेजले परिवारको सहमतिमै दोस्रो अपरेसन गर्‍यो

ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए । जेठ २८ गते चिकित्सकहरुले एपेन्डीसाइटिस् भएको भन्दै परिवारको सहमतिमा अपरेसन गरे । जेठ २९ गते फेरि अपरेसन गरिएको ठाउँमा रगत ज मेको र संक्र मण भएर फोहर जम्मा भएको भन्दै कलेजले परिवारको सहमतिमै दोस्रो अपरेसन गर्‍यो ।

आशिषको अवस्था निकै नाजुक बन्यो । उनी भेन्टिलेटरमा राखिए । तर, सोही बेला बिरामीको मृ त्यु भएको भनेर आफन्तहरुले अस्पताल तोडफोड गरे । अस्पतालभित्रै पसेर तोड-फोड गर्ने, सुरक्षागार्ड र चिकित्सक माथि हातपात गर्ने काम गरे । प्रहरीलाई स्थिति सम्हाल्न मुस्किल भयो । पाँच जना प क्राउ परे, पछि छुटे । अस्पतालले बिरामीको मृ त्यु नभएको र उनी जीवित रहेको विज्ञप्ती जारी गरे पनि उनका आफन्तहरुले पत्याएनन् ।

मृ त्यु भनेर प्रचार गरिएका आशिष २६ दिनको उपचारपछि मंगलबार मात्रै चितवन मेडिकल कलेजबाट निको भएर डिस्चार्ज भए

आशिषको अवस्था बिस्तारै सुधार हुँदै गयो । मृ त्यु भनेर प्रचार गरिएका आशिष २६ दिनको उपचारपछि मंगलबार मात्रै चितवन मेडिकल कलेजबाट निको भएर डिस्चार्ज भएका छन् । आशिषलाई उनका वुवा केदार विक र ठूलो बुवाकी छोरी (दिदी) सुष्माले घर लगे ।

‘खुसी फर्कियो, बोल्न सकिरहेको छैन’

‘मेरो परिवारको सबै खुसी भनेकै यही छोरा हो, यसलाई गुमाएको भए म बाँच्न सक्दैनथेँ जस्तो लाग्छ, खुसीको स्वर्ग फर्कियो ।’

बुवा केदार विकले छोराले नयाँ जीवन पाएकोमा खुसी भएको बताए । ‘मेरो त जीवनको गुमेको खुसी फर्कियो, खै के भनौं बोल्न सकिरहेको छैन,’ केदारले भने, ‘मेरो परिवारको सबै खुसी भनेकै यही छोरा हो, यसलाई गुमाएको भए म बाँच्न सक्दैनथेँ जस्तो लाग्छ, खुसीको स्वर्ग फर्कियो ।’ उनले छोराको उपचार गरेर जीवन बचाइदिने कलेजका चिकित्सक, नर्सलगायत सबैलाई धन्यवाद दिए ।

अस्पतालमा साढे ५ लाख सकियो, औषधि र अन्य खर्च दुई लाखभन्दा बढी भएको छ,’ केदार भन्छन्, ‘मसँग त्यति धेरै पैसा थिएन, सबै आफन्त, वरपरका छिमेकीसँग मागेर, ब्याजमा लिएर भए पनि उपचार गरेँ ।’

बुवासँग आशिष विक- सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्ने केदारले छोराको उपचारमा झण्डै ८ लाख रुपैयाँ खर्च भएको बताए । ‘अस्पतालमा साढे ५ लाख सकियो, औषधि र अन्य खर्च दुई लाखभन्दा बढी भएको छ,’ केदार भन्छन्, ‘मसँग त्यति धेरै पैसा थिएन, सबै आफन्त, वरपरका छिमेकीसँग मागेर, ब्याजमा लिएर भए पनि उपचार गरेँ ।’

‘हाम्रो त परिवार नै डिप्रेसनमा गएको थियो, सम्हाल्न सकेका थिएनौं, तर आज खुसी फर्किएको छ,’ सुष्माले भनिन्, ‘भाइले नयाँ जीवन पायो, के होला, के होला भन्ने त्रासबाट अब मुक्ति मिलेको छ ।’

उनले छोराछोरी नै आफ्नो सम्पती भएको बताए । आफूहरुबाट भएको कमीकमजोरीको हात जोडेर माफी मागेको केदारले बताए । उपचारमा बसेकी दिदी (ठूलो बुवाकी छोरी) सुष्माले भाइलाई निको बनाएर घर लैजान पाएकोमा निकै खुसी लागेको बताइन् । ‘हाम्रो त परिवार नै डिप्रेसनमा गएको थियो, सम्हाल्न सकेका थिएनौं, तर आज खुसी फर्किएको छ,’ सुष्माले भनिन्, ‘भाइले नयाँ जीवन पायो, के होला, के होला भन्ने त्रासबाट अब मुक्ति मिलेको छ ।’ आशिष सामान्य रुपमा उठेर हिँड्न सक्ने भएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक डा. बसन्त गौलीले आशिष हिँडडुल गर्न सक्ने अवस्थामा पुगेको बताए । ‘उहाँको स्वास्थ्य अवस्था निकै राम्रो भएको छ, आफ्ना सामान्य कामहरु आफैं गर्न सक्नुहुन्छ,’ डा. गौलीले भने, ‘किड्नीमा पनि केही समस्या थियो, त्यो बिस्तारै निको हुँदै गएको छ ।’

अस्पतालले उनलाई एक हप्तामा फलोअपका लागि बोलाएको छ । परिवारका सदस्यलाई आशिषका लागि अपनाउनुपर्ने सावधानी र खानपानको अवस्थाका बारेमा जानकारी गराइएको डा. गौलीले बताए । सुरुमा सुन्निएर केही ठाउँमा छालासमेत फाटेको अवस्था छ । त्यो पनि बिस्तारै ठीक हुँदै जाने डा. गौलीले बताए ।

नयाँ जीवन पाएँ : आशिष

‘नयाँ जीवन पाएँ, मेरो जीवन जोगाइदिनु भो, परिवारमा खुसी थपियो, सबै चिकित्सक, नर्स र चितवन मेडिकल कलेजलाई धन्यवाद दिन चाहान्छु ।

चितवन मेडिकल कलेजबाट डिस्चार्ज हुँदै गर्दा आशिष निकै खुसी देखिन्थे । उनले भने, ‘नयाँ जीवन पाएँ, मेरो जीवन जोगाइदिनु भो, परिवारमा खुसी थपियो, सबै चिकित्सक, नर्स र चितवन मेडिकल कलेजलाई धन्यवाद दिन चाहान्छु ।’ नले आफ्नो मृ त्यु भएको भनेर गरिएको प्रचारबारे पछि मात्रै आफन्तमार्फत थाहा पाएको बताए ।

‘अस्पताल आउँदा म अचेत थिएँ, अहिले घर जान पाउँदा खुशी छु ।’

‘अस्पतालको बेडमै त्यो सुन्दा निकै दुःख लाग्यो,’ उनले भने । उपचारपछि निको भएर घर जान लागेकोमा खुसी लागेको भन्दै आशिषले भने, ‘अस्पताल आउँदा म अचेत थिएँ, अहिले घर जान पाउँदा खुशी छु ।’ १८ वर्षका आशिष भानु मावि पहारिलोटारमा शिक्षा विषय लिएर कक्षा ११ मा पढ्छन् । उनी परिवारका एक्लो छोरा हुन् । उनकी १५ वर्षकी बहिनी प्रमिशा विक छिन् । स्राेतः अन्लाइन खबर

प्रतिकृया दिनुहोस्