Monday, January 25

सलमान खानसंग अजय देवगनले लिए पंगा, अब कस्तो असर पर्ला त सलमान र अजयको सम्बन्धमा ?

December 11, 2020 65

एजेन्सी । अजय देवगनले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘मेडे’ को घोषणा गरिसकेका छन् जसमा उनीसँग अमिताभ बच्चन र रकुलप्रित सिंह पनि देखिनेछन् । फिल्मको सुटिङ डिसेम्बर ११ अर्थात् आजके दिनबाट हैदराबादमा सुरु हुँदैछ र अजयले रिलिज डेट पनि योजना गरिसकेका छन् ।

अजयको यो फिल्म सन् २०२२ को इदमा रिलिज हुनेछ । इदमा खासगरी सलमान खानको फिल्म रिलिज हुन्छ । सन् २०२१ मा पनि उनी राधेलाई रिलिज गर्ने योजना बनाइरहेका छन् र सम्भवतः २०२२ मा पनि उनी कुनै न कुनै फिल्म इदमा रिलिज गर्नेछन् । त्यसैकारण अजयको ‘मेडे’ र सलमानको फिल्ममा टक्कर हुने सम्भावना छ । जबकी, अजय र सलमान निकै मिल्ने साथी हुन् । र आजको दिनसम्म सलमानको फिल्म मात्रै ईदमा रिलिज हुँदै आईरहेको छ ।

अजय आफ्नो फिल्म शुक्रबार, ९ अप्रिल, २०२२ मा रिलिज गर्नेछन् । अजय यो फिल्मका लागि निकै उत्साहित छन्, त्यसैले निर्देशनको बागडोर पनि उनी आफैंले सम्हालेका छन् । अमिताभ र अजय ८ वर्षपछि सँगै काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्