Monday, January 25

प्रकाशलाई स्वस्तिमा र निश्चलको जवाफ: ‘बुडा बोकेर हिडिन्छ, तिम्रोमा अन्तरबार्ता दिन आइन्न’

December 11, 2020 76

इटहरी / पछिल्लो समय कलाकारहरु मिडियामा अन्तरबार्ता दिन वा केही अभिव्यक्ति प्रकट गर्नमा पनि सोच्ने गरेका छन् । कोरोना महामारी सुरु भए यता आधा दर्जन बढी कलाकार अन्तरबार्ताका कारण विवादमा तानिए । जसका कारण अन्तरबार्ताका लागि पुर्व तयारी तथा क्यामेरा रेकर्ड हुनुअघि केही सोच्ने गरेका छन् । कलाकारहरु बढी विवादमा आउने कार्यक्रम वा प्रस्तोताको रुपमा अग्रस्थान ओगटेको छ रजतपट तथा प्रकाश सुवेदीले । उनका कार्यक्रम रजतपट तथा ग्ल्यामर गफमा आएका प्राय कलाकारहरू केहि न केही रुपमा विवादित भएको देख्न सकिन्छ ।
यस्तैमा पछिल्लो समय स्वस्थिमा खड्कालाई पनि आखाको तारो बनाईएको देखिन्छ । प्रकाशले हालै सार्बजनिक गरेको रजतपटको एक एपिसोडमा स्वस्थिमालाई “अहिले त कामधाम छैन, उहि बूढो बोक्यो हिड्यो” भनेर स्वस्थिमाले निस्चललाई बोक्दै गरेको भिडियो सहित देखाएका छन् । जसको प्रतिक्रिया स्वरुप स्वस्तिमा खड्काले आफ्नो फेसबुकमा जवाफ फर्काएकि छन । उनको स्ट्याटस अनुसार प्रकाशले स्वस्थिमालाई आफ्नो कार्यक्रममा अन्तरबार्ताको लागि बारम्बार फोन गरेका छन् ।
जुन कुरालाई स्वस्थिमाले नकारेको बुझ्न सकिन्छ । स्वस्तिमाले ह्यास्ट्याग रजतपट नै गरेर ‘बरु बुडा बोकेर हिडिन्छ तर जति फोन गरेपनि तिम्रोमा INTERVIEW दिन आइन्न । फोन नउठाएर सारै रिसाउनु भाको रैछ, सरि ल !!’ भन्दै कडा जवाफ फर्काएकी छन् । सो कुराको बद्लामा प्रकाशले रजतपटकको पछिल्लो एपिसोडमा स्वस्तिमालाई “बूढो बोक्यो हिड्यो” भनेर भिडियो प्रस्तुत गरेको सजिलै बुझ्न सकिन्छ ।
यस्तै श्रीमतीको पक्षमा निश्चल बस्नेतले पनि सोही कुरालाई यसरी आफ्नो फेसबुकमा लेखेका छन् ‘बरु बुडा बोकेर हिडिन्छ तर जति फोन गरेपनि तिम्रोमा INTERVIEW दिन आइन्न ल “..भन्छे मेरी बुडी त !’ प्रकाशले सबैको कुरालाई ओकले पनि स्वस्तिमाको भिडियो प्रसारण गर्दा र निश्चलले सो स्ट्याटस लेख्दा २ बिच केही खटपट भएको सहजै बुझ्न सकिन्छ । अब हेरौ यो बिषयले कस्तो रुप लिन्छ ?

प्रतिकृया दिनुहोस्