Sunday, January 24

मेस्सीद्वारा म्यारोडोनालाई गोल समर्पण

November 30, 2020 62

एजेन्सी, १५ मंसिर । क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् ।

अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए ।

खेलमा बार्सिलोनाले ४-० को सहज जित निकालेको थियो । ओसासुनामाथिको जितमा मेस्सीसँगै मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए । खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर ‘सधैं सम्झिरहेने छौं‘ लेखेका छन् ।

हृदयघातका कारण गत बुधबार महान अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा नि’धन भएको थियो । विश्व फुटबलकै महान् मध्यमा गनिने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको विश्वकप टोलीमा प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । मेस्सी र म्याराडोना बीच व्यक्तिगत सम्बन्ध पनि सुमधुर थियो ।

प्रतिकृया दिनुहोस्