Wednesday, March 3

पब्जीको खेलेरै एक किशोरले सके बाउआमाको २७ लाख रुपैयाँ

July 7, 2020 241

एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए ।घटना भारतको पन्जाबको हो । समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि उनले १६ लाख भारु खर्च गरे । १७ वर्षका ती किशोरसँग आफ्ना बाउआमाका विभिन्न ३ वटा मोबाइल अकाउन्टमा पहुँच थियो ।

ती किशोर मोबाइलमा निकै भुलेको देख्दा बाउआमालाई शंका लाग्दथ्यो । तर उनले चाहीँ आफुले पढ्नका लागि भन्दै घण्टौँसम्म मोबाइल चलाइरहन्थे र पब्जी खेल्दथे । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड खरीद गरिदिन्थे ।

जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास नउड्ने कुरै भएन । त्यसपछि सोधखोज गर्दा आफ्नै छोराले मोबाइलमा गेम खेल्दा त्यो रकम खर्च गरेको पत्ता लाग्यो ।

ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई थाहा भएन । एजेन्सी

प्रकाशित मिति : July 7, 2020

प्रतिकृया दिनुहोस्