आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।
सुन्तला र प्याजी रङका क्यापका बिजेतालाई १०–१० लाख भारु नगद पुरस्कार
दिल्ली र मुम्बई टिममा १५–१५ करोडपति खेलाडीः
दिल्ली टिममा मुम्बईको तुलनामा ६.७ प्रतिशत बढी करोडपति खेलाडी रहे । यसमा ऋषभ पन्तलाई सबैभन्दा बढी १५ करोड भारु दिइयो । यो सिजनमा तीन टिम छन् जसमा १५ खेलाडीको मूल्य एक करोड वा सोभन्दा बढी छ । यसमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु समावेश छन् ।
प्रतिकृया दिनुहोस्