गायक दुर्गेश थापा बेला बेलामा अनेक काण्ड गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यस पालि नयाँ तीजगीत बजारमा ल्याएका छन् ।
बीच बीचमा बोलको तीजगीत उनले हालै सार्वजनिक गरेका छन् । आफ्नै नामको युट्युब च्यानलमा उनले अपलोड गरेका छन् ।
उनको गीतको तेस्रो अन्तरा र लोककवि अली मियाँको गीत आकाशमा बादलु डम्मै छ हुबहु छन् ।
गायक थापाले आफूले गाउँतिर सुनको भाका प्रयोग गरेको जिकिर गरे ।
अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले यसरी गीत चोरिनु दुःखको कुरा भएको बताए । उनले भने, ‘गल्ती गरिहाले छन्, माफी माग्लान् नि ।’ यो गीत प्रेमराजा महत र हरिदेवी कोइरालाले करिब एक दशकअघि गाएका छन् ।
यसअघि तिहारबारे उच्छ्रिङ्खल गीत गाएपछि दुर्गेश पक्राउ गरेका थिए ।
‘ह्याप्पी तिहार चिसो बियर दुर्गेश थापाले युट्युवबाट हटाए, के हुन्छ त सजाय ?
प्रकासित मिति
प्रतिकृया दिनुहोस्