Tuesday, January 26

तौल घटाउन चाहनुहुन्छ भने दहिमा यी चिजहरु मिसाएर खानुहोस्

July 6, 2020 298

काठमाडौं । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–बी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरीरलाई लाभदायक गर्छ । हरेक दिन यसको सेवन गर्नाले अ’पच, क’ब्जियत, ग्यास जस्ता स’मस्याहरु हल हुने गर्छ । भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन् । केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ ।

कालो मरिच हरेक घरमा प्रयोग गरिन्छ । एक कटौरा दहीमा १ चम्चा कालो मरिच मिलाएर खाने गरेमा शरिरमा रहेको बोसो कम हुन थाल्छ ।

केही मानिसहरु तौल कम भएका कारण टेन्सन लिन्छन् । यसका लागि दैनिक ड्राइफुडमा दही हालेर खानाले शरिरमा वजन बढ्छ ।

खाना पचाउन गाह्रो भएको छ भने पिनेको जिरामा दही हालेर खानुहोस् पाचन प्रक्रियामा सुधार हुन्छ ।

मुखमा छाला गएर समस्यामा पर्नु भएको छ भने दहीमा मह हालेर खाने गर्नुहोस् । दुई तिन दिनमा नै निको हुन्छ मुखमा जाने समस्या ।

यसैगरी मधुमेहका बिरामीहरुका लागि काँक्रो एकदमै फाइदाजनक हुन्छ । यो भिटामिन र पोासियमबाट भरपुर हुन्छ । यसमा रहने भिटामिन सीले शरीरका आवश्यकताहरुलाई पूर्ति गर्छ ।

अनारका दाना हाम्रा लागि जति फाइदाजनक हुन्छ त्यति नै फाइदाकारक हुन्छ त्यसका बोक्रा । अनारको बोक्रालाई सुकाएर पाउडर बनाएर वा त्यसलाई पिसेर त्यसको रस बनाएर उपयोग गर्न सकिन्छ । यसका थुप्रै फाइदाहरु बारे जनि राख्नुहोस्-

हृदय रो’गबाट बचाउँछ: अनारको बोक्रामा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले हृदयको रो’गबाट टाढा रहन मद्दत् गर्छ । साथै यसले कोलेस्ट्रोललाई सन्तुलित पार्न पनि मद्दत गर्छ । १ चम्चा अनारको बोक्राको पाउडर तातो पानीमा मिसाएर दैनिक पिउने गरियो भने यसले तपाईको शरीरलाई धेरै फाइदा गराउँछ ।

हड्डीलाई बलियो बनाउँछ: यदि तपाईको हड्डी क’मजोर भएर स’मस्या देखापरेको छ भने अनारको बोक्राले तपाईको स’मस्या पक्कै पनि कम गर्नेछ । यसमा हुने एन्टीब्याक्टेरियल गुणका कारण यसलाई पानीमा मिसाएर सुत्नु अघि पिउँदा निकै राम्रो हुन्छ ।

घाँटीको दुखाई: यदि तपाईलाई टन्सिल भएको छ वा घाँटीमा स’मस्या देखा परेको छ भने अनारको बोक्रा तपाईका लगि निकै प्रभावकारी सावित हुन सक्छ । त्यसका लागि यसको पाउडरलाई पानीमा उमालेर पछि छानेर खाएमा यसले तपाईको दुखाइ कम गर्न धेरै मद्दत गर्छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्