Friday, January 15

वैज्ञानिकहरूले गरे हावाबाट कोरोना भाइरस सर्ने दाबी, भेटे यस्ता प्रमाणहरु

July 6, 2020 186

चिनबाट फैलिएको महामारी को’रोना भाइ’रसले विश्वभर सं’क्र’मित हुनेको संख्या १ करोड १० लाख ना’घेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा सं’क्र’मितको संख्या १ करोड १० लाख ३७ हजार ६ सय २५ पुगेको हो। सं’क्रम’णबाट निधन हुनेको संख्या ५ लाख २३ हजार ७ सय ७७ पुगेको छ।

यस्तैमा वैज्ञानिकहरूले हावाबाट को’रोना भा’इरस फैलिने प्रमाण भेटिएको दाबी गरका छन । हावाका साना कणमा पुगेका को’रोनाभाइ’रसबाट पनि मानिसमा स’ङ्क्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोनाभाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ।

को’रोनाभाइ’रसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन्।उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन्। ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार को’रोनाभा’इरस स’ङ्क्र’मित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ।जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि को’रोनाभा’इरस सर्न सक्ने जनाएको छ।

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले को’रोनाभा’इरसको स’ङ्क्रमण हुनसक्ने दाबी गरेका छन्। तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन्।

प्रतिकृया दिनुहोस्