Thursday, March 4

दीपाश्री चौतर्फी आलोचित भएपछि राजेश हमाल बोले ( स्टाटस सहित )

July 6, 2020 234

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्री चौतर्फी आलोचनाको शिकार बनिन् ।

उनी आलोचनाको पात्र बनेपछि सबैसँग माफी मागेको भोली पल्ट अर्थात आज राजेश हमााल आफ्नो स्टाटस लेखेका छन् । शुक्रबार अर्थात आज हमालले सामाजिक सञ्जालमार्फत दीपालाई कटाक्ष गर्दै गर्दै लेखेका छन्, ‘शुभ दिन । तपाईंको जीवनको खुसी तपाईंको विचारहरूमा निर्भर गर्दछ । तपाई आफ्नो विचारको उत्पादक आफैं हो ।’

उनको लेखाईबाट आफुलाई जसले जे भने पनि फरक नपर्ने बुझिन्छ । दीपाको अभिव्यक्तिलाई इंकित गर्दै व्यक्तिगत विचार भएकाले आफुलाई खासै फरक नपर्ने र कसैले पनि उहाँलाई आलोचना नगरिदिन आग्रह गरेको बुझिन्छ । उनले आफुलाई सामान्य रूपमा मानेको उनको तर्क छ । राजेश हमाल विवादमा आउन चाहँदैनन् ।

उनी विवादमा आएको खासै पाइदैन तर उनको महानायक पदवीले भने बेला बखत चर्चा पाउने गरेको छ । तर उनी महानायकको पदवीको लोभ पनि गरेको पाइदैन । उनले आफुलाई जसले जे भने पनि आफुलाई महानायक हो भनेको पाइदैन ।

प्रतिकृया दिनुहोस्