Tuesday, January 26

के महिला रहस्यमयी हुन्छन् ?

July 6, 2020 203

मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर जब लैंगिक समता र महिला अधिकारको प्रसंग चल्छ मभित्र किन दन्दनी आगो बल्छ ? किन आफैंलाई थाम्न सक्तिनँ? यो मु द्दामा जति चाहे पनि नरम, सरस र सलिल शैलीमा बोल्न सक्तिनँ । बेलाबेलामा सोध्छु आफैंसँग मभित्र यो आगो किन दन्दनी दन्कन्छ दिनहुँ ? निभाउन खोज्दा झन् किन हुरहुरिन्छ ?

युद्धको चपेटा र राजनीतिक अस्थिरताले थिलथिलिएका हामीलाई साहित्य उत्सवहरू थेरापी हुने गर्छ । यस्ता उत्सवहरूमा एकै मञ्चबाट अनेकन विषयमाथि छलफल हुने हुँदा समकालीन कला, साहित्य र राजनीति बुझ्ने र नयाँ मान्यताको स्थापना गर्न पनि मद्दत पुग्छ । विभिन्न बहसले नयाँ सोच र सिर्जना जन्माउँछ। चिया गफ वा अनौपचारिक भेटघाटमा हुने ठट्टा हैन नारीवादको बहस । यो एकदमै संवेदनशील र गहन विषय हो ।

हिजोभन्दा आज यो बहस झनै पेचिलो बन्दै गएको छ । अब नारीवाद महिलाको सरोकारमात्र होइन । पुरुषले पनि आवाज उठाउनुपर्ने अवस्था छ । केही हदसम्म पुरुषहरूले उठाइरहेका पनि छन् । तर अब नारीवादका प्रसंगहरूलाई नयाँ धाराबाट उठाउन जरुरी छ । हिजोका दिनमा नारीवादका प्रसंग पुरुष धरातलबाट उठेका थिए । अबका प्रसंगहरू महिलाकै धरातलबाट उठ्न आवश्यक छ ।

कुन हो पुरुषको धरातल र महिलाको धरातल ?

यो अर्को गम्भीर प्रश्न हो । हाम्रो सामाजिक संरचना पुरुषको शारी रिक बनावट र उसको मनोविज्ञानमा आधारित भएर बनाइएको छ । जस्तै भाषा, धर्म, संस्कार, कानुन यी सबै विषय पुरुषलाई केन्द्रमा राखेर स्थापित गरिएको छ । त्यही स्थापित मान्यतामाथि हामी उभिएका छौं । हामी जहाँ उभिएका छौं त्यो पुरुषको धरातल हो ।

स्मरण रहोस् यहाँ मैले पुरुष भन्ने सम्बोधन गरिरहँदा पुरुष व्यक्ति नभएर पुरुष प्रवृत्ति हो । किनकि लामो अभ्यासपछि शक्तिआर्जन गरेर स्थापित हुने हुनाले त्यो प्रवृत्ति महिला र पुरुष दुवैमा पनि हुन सक्छ । पुरुष होस् वा महिला व्यक्ति आफैंमा गलत हँदैन । उसको धरातलले सिकाएअनुसार ऊ गलत र सही बन्न पुग्छ ।

सन्दर्भ रिडर्स झापाले आयोजना गरेको त्रिदिवसीय कला साहित्य उत्सव २०७३ कार्यक्रमका सिलसिलामा गरिएको बहस ‘साहित्यमा नारीवाद’मा केन्द्रित छ । ‘टेलिङ अ टेल’, ‘स्वअस्तित्वको खोज’ पुस्तकका सम्पादक तथा प्रकाशक अर्चना थापा, नाटककार, कथाकार तथा कवि हरिमाया भेटवाल र म साहित्यमा नारीवाद शीर्षकमा छलफल गर्न तम्तयार थियौं । मेचीपुल नाघेर अँध्यारोले काँकडभिट्टालाई छोपिरहेको थियो ।

ठूलै कौ तुहल र जिज्ञासाका साथ दर्शकदीर्घामा नेपालका मूर्धन्य साहित्यकार, समालोचक, पत्रकार, लेखक, कलाकारको जमातले काँकडभिट्टाको रौनक बदलिरहेको थियो । तीन महिना बाह्र दिनको छोरो चेपेर त्यस उत्सवमा सहभागी हुन विराटनगरदेखि काँकडभिट्टा पुगेकी मैले नारीवादबारे केही त भन्नु नै थियो । छुट्याएको समयभन्दा झन्डै एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा सबैको व्यग्रता चिर्दै आफ्नो पुरानै शैलीमा नारायण दाइले मलाई पहिलो प्रश्न गरे, नेपाली साहित्यमा मनपर्ने नारीपात्र को छन् ?

मलाई लागेको थियो कुनै पुरुषमुखी प्रश्न त सोधिने नै छ । भयो त्यस्तै । कलाकार हुन् वा साहित्यकार महिलालाई पुरुष प्रश्नकर्ताले सोध्ने केही रेडिमेड प्रश्नहरू हुन्छन् । त्यस्ता प्रश्नको अपेक्षित जवाफ पनि लगभग उस्तै नै हुने गर्छ । त्यही रेडिमेड पहिलो प्रश्नले मेरो मथिंगललाई राम्रै झड्का दियो । दिनुपर्ने रेडिमेड जवाफ हुन्थ्यो मलाई फलानो पात्र मन पर्छ ।

नारीवादबारे सही ढंगको बहस गरेर सानो निकास भए पनि निकाल्नुपर्छ भन्ने मानसिकतामा थिएँ म । हाम्रोजस्तो समाजको सन्दर्भमा नारीवाद निक्कै गम्भीर विषय हो । यदि नारीवादलाई सही ढंगले बुझ्न सकिएन र सही अवतरण गरिएन भने हामी रहेको यो समाजको अनुहार अर्कै हुनेछ । जसरी सही बाटो नलिँदा गाउँ र वडासम्मै राजनीतिको नकारात्मक असरले गाँजेको छ त्यसैगरी नारीवादलाई हल्का ढंगले बुझियो भने र खेलाँची पारामा लियो भने हाम्रा घरका धुरीहरूले घामपानी र हावा हुरी छेक्न सक्ने छैनन् ।

हल्का रूपमा सोधिएको भए पनि मलाई यो प्रश्न साह्रै गम्भीर लागेको थियो । छोटोमा जवाफ दिएँ, आजसम्म मैले पढेकोमध्ये कोही पात्रभित्र पनि म आफूलाई पाउँदिन । विश्वमा नारीमाथि यति धेरै साहित्य लेखिएको छ किन आफूलाई कतै नपाउनु भएको भन्ने प्रश्न आउँला भन्ने मलाई आशा लागेको थियो । तर प्रश्न आएन ।

पुरुषका पाखुराको सामथ्र्य लेखियो तर महिलाको पाठेघरको सामथ्र्य कतै लेखिएन । प्रत्येक मास रजस्वला हुँदा बग्ने रगतको सौन्दर्य कतै लेखिएन । रजस्वला हुनुअघि, भइरहेको समयमा र भइसकेपछिको आवेग, संवेग र उत्तेजनाबारे आजसम्म दुनियाँले थाहै पाएन।

अर्को प्रश्नको झटारो थियो, नारीहरू रह स्यमयी हुन्छन् भनिन्छ नि ? ठट्टाजस्तो लाग्ने यो गम्भीर प्रश्नको पहाड अर्चना थापालाई सोधिएको थियो । जब अर्चना थापालाई यो प्रश्न सोधियो मभित्रको आगो दन्दनी दन्किन थालेको थियो । हुर्रहुर्ती बलिरहेको थियो मभित्रको स्त्री । यी उखान र तुक्काले हामीलाई कतिसम्म हेपेको छ भन्ने जान्न लागि यो प्रश्न पर्याप्त थियो । महिलाहरू किन रहस्यमयी हुन्छन् र पुरुषहरू हुँदैनन् ? के पुरुष रहस्यविहीन खुल्ला कितााब नै हुन् त ? प्राकृतिक रूपमै मान्छे रहस्यमयी हुन्छ । ऊ कहाँबाट आयो ? कसरी आयो ? किन आयो र कसरी जान्छ ?

आफू को हो भन्ने नजानी नै जान्छ । कहाँ जान्छ पनि थाहा छैन । अनि के पुरुषले स्वयं आफ्नोबारे भोलि के हुन्छ भनेर किटेर भन्न सक्छन् ? आफ्नो भोलिको दिनबारे वा आफूभित्र के छ भनेर खुल्लमखुल्ला भन्न सक्छन् ? महिला होस् वा पुरुष कसैले पनि भन्न सक्दैन । तर उखानमार्फत लाञ्छनाको जाल महिलामाथि मात्र किन ? किनकि महिलासँग केही त्यस्ता शारीरिक अवस्था छन् जुन पुरुषसँग छैनन् ।

संसारको सबैभन्दा ठूलो शक्ति महिलाको यही पाठेघरमा सञ्चित हुन्छ भनेर सायद चाणक्यले बुझेका थिए । सायद आफूसँग त्यो शक्ति नहुनुको कुण्ठा बिर्सन भनेका थिए ‘स्त्रीको चरित्र दैवले पनि जान्दैन भनेका ।’

जस्तै, स्तन र पाठेघर । संसारको सबैभन्दा ठूलो शक्ति महिलाको यही पाठेघरमा सञ्चित हुन्छ भनेर सायद चाणक्यले बुझेका थिए । सायद आफूसँग त्यो शक्ति नहुनुको कुण्ठा बिर्सन भनेका थिए ‘स्त्रीको चरित्र दैवले पनि जान्दैन भनेका ।’ तर पुरुषको चरित्र जान्ने दैव कुन हो भनेर पनि त उनले भन्न सकेनन् । स्त्रीको चरित्र बुझिँदैन । स्त्रीहरू रहस्यमयी हुन्छन् भनिरहँदा यो कारणले रहस्यमयी हुन्छन् भन्न सक्नुपर्‍यो नि । अब पनि विपत्ताको लाञ्छना लगाएर हुन्छ ?

नेपाली भाषामा धेरै यस्ता उखान छन् जसले महिलालाई हेप्ने भाव बोकेका छन् । किन यस्ता उखानलाई निरन्तरता दिइन्छ ? किन उखान सच्याउने काम गरिँदैन ? अब भाषा, उखान, उक्तिले महिलालाई हेपेको सह्य हुनेछैन । महिलाहरू चेतनामा आगो बोकेर उभिन सुरु गरिसकेका छन् । यो आगोलाई समाजले टुंगोमा राख्न सक्यो भने दियो बन्न सक्छ । टुंगोमा राख्न सकेन भने डँढेलो पनि हुन सक्छ । आशा गरौं डँढेलो नबनोस् ।

नारीमाथिको शासन- समाजले महिलालाई जस्तो देख्न चाहेको छ त्यस्तै बनाउँदै ल्याएको छ । भानुभक्तले कल्पना गरेकी वधूशिक्षाकी वधू र आजसम्मका दिनमा महिलालाई समयको मागअनुसार कहिले आज्ञाकारी बनायो । कहिले दुःखका पहाडमा उभिएकी आदर्शवान् बनायो । कहिले त्यागी बनायो त कहिले भोग्या । वा कहिले बनायो विद्रोही । उपभोक्तावादको यो युगसम्म आउँदा अधिकारका नाममा पुँजी बजारको एक उपयोगी साधन बनायो । तर महिलालाई महिला हुन कहिल्यै पनि दिइएन ।

कारण के छ भने महिला र पुरुष एकै घरमा बस्ने, एकै समाजमा हुर्कने भएकाले एकअर्कासँग परस्पर अनोन्याश्रित सम्बन्ध छ । स्वाभावैले मान्छे कसै न कसैमाथि शासन गर्न चाहन्छ । शासन कसमाथि गर्नेभन्दा जो आफ्नो नजिक छ, जो नभई आफ्नो अस्तित्व रहँदैन र जो आफूजस्तै छ त्यसैमाथि शासन गर्ने हो । पुरुषले आदिकालदेखि विभिन्न तवरले शक्ति सञ्चय गर्‍यो र त्यही शक्तिको आडमा आजसम्म पनि महिलामाथि शासन गरिरहेको छ ।

समाज निर्माणको क्रममा धर्मसंस्कार संस्कृति रीतिथिति, भगवान्, पद र भाषाको निर्माण र विकास हुँदै गए । यी सबै पुरुष अनुकूल बने÷बनाइए । समाजका अधिकांश नियम, कानुन र धर्मको जालझेलका माध्यमबाट महिलामाथि पुरुषले शासन गर्दै गयो । यद्यपि त्यो शासनको स्वरूप भने समय र परिस्थितिअनुसार फरकफरक छ । ढाँचा र शैली फरक छ ।

पुुरुषका पाखुुराको सामथ्र्य लेखियो तर महिलाको पाठेघरको सामथ्र्य कतै लेखिएन । प्रत्येक मास रजस्वला हुुँदा बग्ने रगतको सौन्दर्य कतै लेखिएन । रजस्वला हुुनुुअघि, भइरहेको समयमा र भइसकेपछिको आवेग, संवेग र उत्तेजनाबारे आजसम्म दुुनियाँले थाहै पाएन । आवाज फरक छ । कहिले महिलालाई सती जान लगाएर मानसिकता खल्बल्याइएको छ ।

कहिले शृंगारको जालझेलमा बाँधेर शासन गरिएको छ । कहिले विद्रोही बन भनेर शासन गरिएको छ । पछिल्लो समयमा महिला अधिकारको चर्चा चलाएर शासन गर्ने क्रम जारी छ । यसको भित्री पाटोलाई रौंचिरा बनाएर हेर्दा सार एउटै हुन्छ, महिलाहरू आफ्नो स्वत्व र चेतनाअनुसार होइन कि समाजको अह्रनखटनमा चल्नुपर्छ । र, त्यसको केन्द्रीय तह वा शासनसत्तामा पुरुष हाबी हुनैपर्छ ।

त्यसैले हरेक कालक्रममा महिलाहरू यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ, महिलाहरूले यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर बारम्बार उपदेश, निर्देशन चलिरहन्छ । तर, महिला महिलाजस्तो हुनुपर्छ भनेर कतैबाट आवाज आउँदैन । महिलाले महिलाजस्तो भएर बाँच्न पाउनुपर्छ भन्दा मात्र पनि चिच्याएको सुनिन्छ, बुझिन्छ ।

पुरुष मनोविज्ञानले समयसापेक्ष जस्तो महिलाको चाहना राख्यो त्यस्तै महिला साहित्यमा बनाइएका छन् । साहित्यमा निर्माण गरिएका महिलाका ती काल्पनिक चरित्रलाई त्यस समाजमा रहेका जीवित महिलामाथि थोपरिन्छ र त्यस्तै बन्न अभ्यास गराइन्छ । स्वयं महिलाहरूलाई पनि भ्रम हुन्छ, त्यस्तो हुनु नै हाम्रो नैसर्गिक गुण हो । हाम्रै समाजको सन्दर्भमा कुरा गर्ने हो भने भानुभक्तीय समयमा महिलाको धर्म पुरुषलाई खुसी पार्नु, पुरुषभक्त हुनु थियो ।

पुरुष भनेको ईश्वरका रूप हुन् भन्ने मान्यता थियो । समाज परिवर्तनसँगै मान्यताहरू परिवर्तन भए । समाजले नयाँ मान्यता अँगालेर शासन गर्न खोजेकैै छ । अहिले भन्छन् समाजका जञ्जाल तोड । कुरीति र बेथितिवि रुद्ध आवाज उठाऊ । तिमीले अधिकार लिनुपर्छ । त्यो भन्न अह्राउने मान्छे त्यही पुरानो शासक हो । हामीलाई अर्कैजस्तो लाग्छ तर शासकको पोसाक र शृंगार फेरिए पनि भित्री चरित्र उही छ ।

त्यो शासकले कहिल्यै भन्दैन समाजमा विद्यमान यी कुरीतिहरू म तोड्छु । महिलामाथिका कुसंस्कारविरुद्ध म लड्छु । महिलामाथि म हिंसा गर्दिनँ । महिलालाई म हेला गर्दिनँ । महिलालाई सहज हुने गरी समाज बदल्छु । महिलालाई सम्मान गर्ने गरी धर्मका नियम बदल्छु । महिलालाई पूर्ण नागरिक बनाउन कानुन बदल्छु । ऊ कहिल्यै त्यसो भन्दैन । भन्छ, महिलाहरू फेरिऊ । जागरूक बन । अब पुरुषहरू बदलिनुपर्छ । पुरुषहरू जागरूक हुनुपर्छ । र, शासनको स्वरूप र ढाँचामा परिवर्तन ल्याउनुपर्छ ।

महिलाका नैसर्गिक गुणहरू के के हुन् ? महिलाहरूको प्राकृतिक स्वभाव कस्तो हुन्छ ? यी विषय लेखन र छलफलका विषय कहिल्यै बनेनन् । किनभने यो समाजको निर्माण पुरुषलाई केन्द्रमा राखिएर बनाइएको छ । धर्म पुरुषमुखी छ । उसलाई जस्तो सजिलो र सहज हुन्छ त्यस्तै ढाँचामा तयार गरिएको छ । पुरुषले महिलाबाट जे जे अपेक्षा गर्छन् त्यो साहित्यमा आएको छ ।

अधिकांश लेखनमा कि प्रेमका क्रम र उपक्रमहरू आउँछन्; कि महिला पीडित भएर आँसुको सागरमा चुर्लुम्म डुबेको कथा आउँछ; कि विद्रोहको आगो निलेर दन्दनी दन्किएको पात्र आउँछ । झरीमा घुम र घाममा छाता ओढेझैं महिलाका रूप र स्वाभाव समायानुकूल सहज किसिमका चाहिरहेको हुन्छ । जस्तो, रामायण पढिने समयमा सीताजस्ती आदर्शवान् नारीको कल्पना गरिन्थ्यो । अहिले विद्रोही र साहषी महिलाको कल्पना गर्छ समाज । तर महिलाभित्रको महिला देख्न कहिल्यै चाहँदैन।

फरक छन् नारी–पुरुष बजारमा नारा छ– नारी पुरुष बराबर हुन् । म यो नारासँग कहिल्यै सहमत हुन सकेकी छैन । नारी–पुरुष दुवै मानव हुन् । एकअर्काका सहयात्री हुन् । तथापि ती फरक छन् । न त पुरुष नारी जस्तो छ । न त नारी पुरुषजस्ती छ । यी एकअर्कासँग बराबरा हुँदैनन् । बरू आ–आफ्ना फरक पहिचान बोकेर समानान्तर दुरीमा सँगै हिँड्न सक्छन् ।

पुरुष र नारी शारीरिक रूपमै एकअर्कासँग मेल खाँदैनन् । हाम्रा आवश्यकता र चाहना हाम्रो शारी रिक बनावटले पनि निर्धारित गर्ने गर्दछ । हाम्रो सौन्दर्य, हाम्रो सबल पक्ष या दुर्वल पक्ष पनि शारीरिक बनावटले निर्धारण गर्ने गर्दछ ।

मान्छेलाई पूर्ण बनाउने माध्यम प्रेम हो । प्रेमलाई पनि पूर्ण बनाउने माध्यम यौ न हो । नारी र पुरुषलाई एकअर्काका परिपूरक बनाउने र छुट्टिनै नसक्ने राख्ने प्रेम र यौ नले नै हो । नारी र पुरुषबीचको प्राकृतिक यौ नसम्बन्ध बीचमा निकै गहिरो राजनीति छ । समाजका मूल्य–मान्यता, धर्म र ईश्वरको परिकल्पना पनि यही यौ नमा आधारित रहेर गरिएको देखिन्छ । हाम्रो साहित्य पनि यही यौ नको वरिपरि चक्कर मा रिरहेको हुन्छ ।

महिला र पुरुषबीचको शारी रिक बनावटलाई आधार बनाएर अनेकन साहित्य लेखिए, फिल्म बनाइए, चित्रहरू कुँदिए । मैले पढेको साहित्य, हेरेको फिल्म र देखेका नारीचित्र सबैको अन्तिम बिन्दु बैंसमा टुंगिन्छ । सारमा भन्दा अक्सर पुरुष पाखुराले महिलाको सम्पूर्ण अस्तित्व बोकेको कल्पनामा हाम्रो कला साहित्य उभिएको छ ।

कार्यक्रममा दर्शकदीर्घाबाट प्रश्न सोधिएको थियो ‘क्यान म्यान राइट वम्यान’ पुरुष कलमले महिलालाई पात्र बनाएर कैयौं ठेली पुस्तक लेखिए । तर पूर्ण महिला आजसम्म कतै पनि लेखिएको मैले पाएकी छैन । म पूर्ण महिला भएका नाताले भन्न सक्छु, पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन । एउटा हदसम्म लेख्न सक्छ तर पूर्ण लेख्न सक्दैन । त्यसको पनि कारण छ ।

महिलापुरुषको सम्बन्धसम्मको दुरीमा पुरुषले महिलालाई लेख्न सक्छ । जस्तै, महिला र पुरुषको प्रेमको सम्बन्धलाई जोडेर लेख्न सक्छ । प्रेम पछिको यौ नलाई लेख्न सक्छ । पुरुषहरूको निम्ति यौ न एउटा कडीका रूपमा उभिन्छ । यौ नसम्म आइपुग्दा एउटा सम्बन्धको उचाइ सकिन्छ । त्यही यौ नको उचाइबाट महिलाको जीवन आरम्भ हुन्छ । पुरुषको जीवन अभीष्ट यौनमा आएर टुंगिँदा महिलाको जीवनको अभीष्ट त्यहीँबाट सुरु हुन्छ । त्यसैले महिला र पुरुष दुवै मानव भए पनि फरक प्राणी हुन् ।

यौ नसम्बन्ध सकिएपछि आरम्भ हुने नारी जीवनको गति र त्यसको सौन्दर्य मैले पढेको साहित्यमा कतै भेटेकी छैन । मानव सृष्टिको केन्द्रबिन्दु महिलाको पाठेघर हो । यो पाठेघरको सौन्दर्य कतै लेखिएको छैन । पुरुषका पाखुराको सामथ्र्य लेखियो तर महिलाको पाठेघरको सामथ्र्य कतै लेखिएन । प्रत्येक मास रजस्वला हुँदा बग्ने रगतको सौन्दर्य कतै लेखिएन । रजस्वला हुनुअघि, भइरहेको समयमा र भइसकेपछिको आवेग, संवेग र उत्ते जनाबारे आजसम्म दुनियाँले थाहै पाएन ।

स्वयं महिलाले पनि राम्रोसँग अनुभव गर्न पाएका छैनन् । किनभने हाम्रो समाजले रजस्वलालाई उत्सवको रूपमा लिनुभन्दा पनि लुकाउनुपर्ने विषय बनाउँछ । त्यस समयमा अछूत ठहर्‍याएर हीन भावना जगाइदिन्छ । धर्मले त यसलाई पापकै संज्ञा दिएको छ । हाम्रो आधुनिक साहित्य योबारे मौन छ । पुरुषले लेख्न सक्ने त कुरै भएन महिलाले पनि यसलाई लेखनको विषय बनाएर लेख्न सकेका छैनन् । एक उसले समाजमा विद्रोह गर्नुपर्ने बाध्यकारी परिस्थिति छ । अर्को यो लेखिनेभन्दा पनि लुकाइने विषय हो भन्ने मान्यता स्थापित छ ।

अर्कोतर्फ महिलाहरू आफ्नोबारे लेख्ने ठाउँसम्म आइपुगेकै छैनन् । आफ्नो शरीर र हाम्रा आवेग संवेग कौतुहलबारे लेख्ने कामको सुरुवात भएकै छैन । यौन सम्बन्धसम्म महिलाको जीवन आधामात्र हुन्छ भने पुरुषको जीवन त्यही पूर्ण हुन्छ । महिलाको बाँकी आधा जीवन यौनसम्बन्धपछिको गर्भाधारणबाट सुरु हुन्छ । कलम चलाउने पुरुषलाई भ्रम छ यौ नसम्बध नै महिलाको जीवनको अन्तिम बिन्दु हो । हाम्रो साहित्य पनि त्यहीसम्म मात्र लेखिएको छ ।

ऊ गर्भवती हुँदा कस्तो आवेग, संवेग हुन्छ ? कस्तो पीडा या आनन्द हुन्छ ? प्रसूति व्यथा लाग्दा बीसवटा हड्डी भाँच्चिएबराबरको पीडा हुन्छ भनिन्छ । त्यो पीडाबीचबाट सन्तानको अनुहार देख्दा पाउने आनन्द साहित्यमा कहाँ लेखिएको छ र ?

हामी क्रिकेट खेलेर र हेरेर आनन्द लिन्छौं । बञ्जीजम्प गरेर वा र्‍याफ्टिङबाट अथवा ट्रेकिङ गएर आनन्द लिन्छौं । त्योभन्दा कयौं गुना बढी पीडा—आनन्द रजस्वलाबाट उत्पन्न हुने रगतले दिन्छ । त्यस समयको पीडा र त्यही पीडासँग घोलिएको आनन्द लेखिन बाँकी नै छ । गर्भावस्थामा कोखमा बच्चा खेल्दाको आनन्द र कुत्कुतीलाई हाम्रो लेखनले सम्बोधन गरेकै छैन ।

काखमा बच्चा चेपेर स्तनपान गराउनुको मज्जा हाम्रा कलमले थाहै पाएका छैनन् । एउटी महिला हुनुको गर्व उसको पाठेघर हो । गर्भाधान गर्न सक्ने रजस्वला हुने, स्तनपान गराउने क्षमता हो । महिलाका यी गुणलाई सम्मान र सम्बोधन गरेर अधिकारको प्रश्न उठाउनु नै सच्चा नारीवाद हुन्छ । केवल विद्रोही हुनु मात्र नारीवाद हैन । जबसम्म नारीका नैसर्गिक गुणलाई सम्मान गरेर सम्बोधन गरिँदैन तबसम्म नारीवाद नारीवाद नभएर नारावादमात्र हुन्छ।

‘वाद’को घनचक्कर– लेखक, पाठक, समालोचक माझमा अर्को भ्रम छ । नारीवाद भनेको पुरुषको वि रोध गर्नु हो । माथि नै भनियो नारी र पुरुष मानव भए पनि फरक हुन् । हामीले पुरुषको विरोध गरेकै हैन । वि रोध गर्नुको तुक पनि छैन । पुरुषसँग सहकार्य गर्ने नै हो । हामी एकअर्काका सहयात्री नै हौं । विमति त सामाजिक चरित्रमाथि हो । धार्मिक चरित्रमाथि हो ।

हाम्रो समाजमा सांस्कृतिक जेलभित्र हुन्छन महिलाहरू । जस्तो कि विवाहित पुरुष फुक्काफाल हुन्छ । विवाहित या अविवाहित जनाउने कुनै चिह्न हुँदैन । तर महिलाहरूले सिन्दूरपोते र शृंगार गरेर शिरमा लोग्नेलाई बोकेर हिँड्नुपर्छ । यो सिन्दूरपोते र शृंगार एक किसिमको सांस्कृतिक जेल हो । धर्मले महिलालाई निश्चित दायराभित्र रहन निर्दिष्ट गरेको छ ।

पुरुष जति स्वतन्त्र छ त्यति स्वतन्त्र महिलाले हुन खोज्नुलाई राम्रो मानिँदैन । कानुनले पनि महिलाका सीमा तोकेको छ । जस्तै, नागरिकताको सवाल, बच्चा पाउने सवाल । महिलाहरू विवाहिता कि अविवाहिता छुट्ट्याउने कडी छ । पुरुष सधैं फुक्काफाल रहन्छ । जन्मदेखि नै कुनै न कुनै तवरले महिलाहरू सांस्कृतिक जेलमा रहने गर्दछन् । त्यही जेलको जालझेललाई रंगरोगन गरेर साहित्य लेखिने गरेको छ ।

तथापि समाज टसको मस गरेको देखिँदैन । रूप बदल्छ, भेष बदल्छ तर नारीप्रतिको सोंच बदल्दैन । नारीले आफ्ना कुरा मात्र लेखे पनि कि त पुरुषविरोधी भन्छन् कि त रोनाधोना लेखे भन्छन् । नारीले जे लेखे पनि नारीवाद हुने र त्यो वाद साहित्यको मूलधारमा कहिल्यै आउन नदिने । अनि पुरुषले लेखे सामाजिक विषय भनेर साहित्यको मूलधारमा आउने । यो कस्तो प्रवृत्ति हो ?

हामीले बारम्बार नारीवादको मात्र कुरा उठायौं । अब पनि साहित्यमा नारीवादमात्र भनेर करायौं भने जुनी नै जान्छ तर परिवर्तन हुँदैन । यदि हामीले नारीवादलाई स्थापित गर्नु छ वा हाम्रा विषय भन्नु छ भने सर्वप्रथम पुरुषवाद भन्ने पदावलिलाई स्थापित गर्नुपर्छ । पुरुषले लेखेको साहित्यलाई पुरुषवादी साहित्य नभनी मूलधार मात्र मानिरह्यौँ भने पुरुषवादी निरंकुश सत्ता रहिरहनेछ । पुरुषवादी चस्मा लगाएर हामीले लेखेको साहित्यलाई नारीवादी भनेर आलोचना या समालोचना गर्नेहरूले स्वीकार गर्नुपर्छ हामी पुरुषवादी हौं भनेर ।

नारीवाद र पुरुषवाद एकअर्काका दुश्मन नभएर परिपूरक हुन् भन्ने ढंगबाट हामीले बहस गर्नु जरुरी छ । पुरुष लेखकले नारीमाथि नै लेखिएका कतिपय साहित्यलाई नारीवादी साहित्यकार भनिन्छ । यो गलत हो । नारीलाई पात्र बनाएर लेखिएको पुरुषवादी साहित्य हो जस्तो कृष्ण धरावासीको राधा उपन्यास पौराणिक राधामाथि पुरुषदृष्टिले लेखिएको किताब हो । हामीलाई भ्रम छ धरावासीले नारीवादी भएर लेखे । त्यसो होइन । नारीमाथि सकारात्मक धारणा राखेर लेखिएको पुरुषवादी लेखन हो । यस्ता थुप्रै कृति छन् जसमा पुरुषवादी भएर नारीमाथि पुरुष लेखकले लेखे । तर हामीलाई भ्रम छरे नारीवादी लेखन हो भनेर । हामीले पनि हो मा हो भन्यौं ।

कुनै कार्यक्रममा गयो भने उद्घोषकले भन्ने गर्छन सशक्त नारी हस्ताक्षर अथवा बौद्धिक सुन्दरी भनेर बोलाउँछन् नारी लेखकलाई । तर पुरुषलाई बोलाउनुपर्‍यो भने सशक्त लेखक वा हस्ताक्षरमात्र भन्छन् । सशक्त पुरुष हस्ताक्षर या पुरुष लेखक भनेर किन नबोलाउने ? महिलालाई लिंगीय पहिचान दिएर बोलाइन्छ भने पुरुषलाई पनि लिंगीय पहिचान दिएर बोलाउन जरुरी छ । लिंगीय पहिचान दिएर बोलाउँदा पुरुषले पनि गर्वका साथ स्वीकार गर्नुपर्छ।

साहित्यको मूलधारमा नारीवाद र पुरुषवाद एकअर्काका पूरक हुनेछन् । नारी लेखन किनारीकृत हुनुपर्ने छैन । पुरुषहरूलाई रुनुहुन्न भनेर लगाइएका बन्देजहरू फुक्नेछन्

साहित्यमा वाद आउनु नराम्रो कुरा हैन । वादले जहिल्यै नयाँ आविष्कार र मान्यता लिएर आउँछ । हामीले पुरुषवादलाई स्थापना गर्नसक्यौं भने पुराना मान्यताहरू उखेलिएर महिलावाद स्वतः स्थापित हुन्छ । अनि साहित्यको मूलधारमा नारीवाद र पुरुषवाद एकअर्काका पूरक हुनेछन् । नारी लेखन किनारीकृत हुनुपर्ने छैन । पुरुषहरूलाई रुनुहुन्न भनेर लगाइएका बन्देजहरू फुक्नेछन् । पहलमान भइरहनुपर्ने बोझबाट मुक्ति पाउनेछन् । उनीहरूले पनि आफ्ना सुखदुःख साट्न सक्नेछन । कुण्ठाबाट मुक्ति मिल्नेछ ।

यदि नारीवाद र पुरुषवादको अस्तित्व एकअर्काले स्वीकारेपछि नारी लेखनलाई नारीकै धरातलमा बसेर समालोचना गरिनेछ र अनावश्यक टीकाटिप्पणीमा कमी आउनेछ । पुरुष लेखनलाई पुरुषकै धरातलमा बसेर समालोचना गरिनेछ । अनि एकअर्कालाई ससम्मानका साथ हेरिनेछ । सारमा, नारीवादसँगसँगै पुरुषवादलाई पनि लिएर जानुपर्छ ।

(याे खबर सिमा आभासले अन्नपर्ण पाेस्टमा लेखेकि हुन् ।)

प्रतिकृया दिनुहोस्