Monday, March 8

ज्युदै स्वर्ग जाने ठाउ भेटियो नेपालमा, भित्र पस्दा सबै चकित (भिडियो)

July 6, 2020 457

गुल्मी – रिडी बजार बाट करीब तीन घण्टाको समय लाग्ने दुरीमा रहेको विचित्र गुफा धुर्कोट वस्तु गा.बि.स.को कुम्लाबन भन्ने ठाँउमा अवस्थित छ । यो गुफा रिडी बाट ६० किलोमितर र सदरमुकाम तम्घास देखि २० किलोमिटरको दुरीमा रहेको छ । २०४५ सालमा भेतिएको यो गुफा बाँदर लखेत्ने क्रममा भेटिएको थियो।

बाँदरले बारीको मकै खाए पछी तिनीहरुलाई लखट्ने क्रममा ती बादरको बथान ठूलो ओडार भित्र पसेको थियो । त्यस ओडारबाट पनि लखेत्ने क्रममा एउटा अग्लो बासको घारोको सहायता लिई स्थानिय ब्यक्तीहरु अँध्यारो ओडारमा बत्तीको सहायता लिई भित्र पस्दा त्यहा बिचित्रको द्रिश्यहरु देखे।

गुफाको जती जती भित्री भागहरुमा गयो त्यहा त्यती त्यती विभिन्न किसिमका आकृतिहरु, भगवानका मुर्तीहरु, चहकिला पत्थरहरु देखीए पछी यसको बारेमा गाँउ भरी हल्ला भयो। मानिसहरु गुफा हेर्नका लागि भिड भाड लाग्न थाल्यो। त्यस पछी गाउँलेहरुको सहभागीतामा गुफा संरक्षणका लागि समिती बनाइयो। हेरौ यो भिडियो –

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्