Saturday, January 23

सुत्केरी भएको ७ घण्टामै बच्चा छोडेर परीक्षा दिन पुगिन् सुस्मिता

July 6, 2020 195

चितवन। भरतपुर महानगरपालिका ४ यज्ञपुरीकी सुस्मिता कडेँल नर्सिङ तेस्रो बर्षकी विद्यार्थी हुन् । कडेँलको बार्षिक परिक्षा कात्तिक २१ गते थियो ।

परिक्षाको तयारी गरेर बसेकी २३ बर्षिय कडेँल सोही दिन सुत्केरी भईन् । तर, उनले आफ्नो बर्ष भरि मेहेनत गरेर पढेको मौका गु’माउन चाहिनन् । सुस्मिता सुत्केरी भएको सात घण्टामा नै परिक्षा दिन तयार भईन् ।

बिहिबार दिउँसो ६ बजे सुस्मिता भरतपुर अस्पतालमा सुत्केरी भएकी थिईन् । नर्मल डेलिभरीमा उनले छोरीलाई जन्म दिएकी हुन् । सो दिन चिकित्सकले आराम गर्न उनलाई सल्लाह दिएका थिए ।

आराम भन्दा पनि परीक्षालाई प्राथमिकता दिएकी कंडेलले प्रेसिडेन्सी कलेज भरतपुरमा परीक्षा दिएकी थिईन् । उनले पहिलो वर्षको बाँकी रहेको विषयको परिक्षा दिएकी थिईन् । उनको पहिलो वर्षको परीक्षा वि”रामी भएपछि छु’टेको थियो ।

श्रीमेडिकल कलेज स्याउली बजार हाकीमचोक चितवनमा बिएससी नर्सिङ अध्ययनरत कडेँलले यस अघिका परीक्षामा ७४ प्रतिशत माथि ल्याई उत्तीर्ण भएकी थिईन् । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

यस्तो अवस्थामा परिक्षा नदिन घर परिवारले आग्रह गरेपनि नमानेको उनका श्रीमान रमेश सापकोटाले बताए । “हामीले अर्को वर्ष परीक्षा दिन आग्रह ग¥यौँ, तर उनले मानीनन्,” सापकोटाले भने, “हामीले उनको इच्छालाई स्वीकार गरि परीक्षा दिन सहयोग ग¥यौँ ।”

कडेँलले विहान ६ बजे डे’लिभरी भएपछि १२ बजे अस्पतालले डिस्जार्च गरिदिएको उनले बताए । एम्वुलेन्सबाट परीक्षा हलमा पुगेकी कडेँल साढे एक घण्टा सम्म परीक्षा दिन व्यस्त रहिन् । उक्त परिक्षा राम्रो भएको हलबाट निस्केपछि परिवारलाई जानकारी दिएकी थिईन् ।

तस्बिर / कालिका एफ एम

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्