Wednesday, January 27

सुनको भाउमा गिरावट जारी, कति छ आज ?

July 6, 2020 284

काठमाडौँ / केही समययता निरन्तर बढेको सुनको भाउमा पछिल्लो दिनमा भने गिरावट देखिएको छ । साताको पहिलो दिन स्थिर रहेको बजार दोस्रो दिन सोमबार भने केही घटेर कारोबार हुने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।यस दिन छापावाल सुन तोलाको ९० हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन तोलामा ८९ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।तेजावी सुन भने आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ ।

यता चाँदीको भाउमा पनि कुनै घटबढ छैन । चाँदी आज पनि तोलामा ९४० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्