Tuesday, January 26

डीभीको फारम खुल्यो : कन्सल्टेन्टको सहयोग नलिन दूतावासको आग्रह

October 8, 2020 119

काठमाण्डौ – सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ ।नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ  ।

बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्