Monday, January 18

दशैंको बेला “लकडाउन” बारे स्वास्थ्य मन्त्रालयले भर्खरै यस्तो एस्तो भन्यो जान्नै पर्ने

October 7, 2020 144

काठमाडौं- स्वास्थ्यमन्त्रालयका तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्‍‍वर गौतमले दशैंमा लकडाउन हुने या नहुने विषयमा बोलेका छन् ।केही दिनअघि स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित २५ हजार नाघे देशमा फेरि लकडाउन गर्नुपर्ने सिफारिस गरेको थियो । हाल सक्रिय संक्रमितको संख्या देशभर २१ हजार पुगेको छ। यस्तोमा दशैं आसपासमै लकडाउन हुने चिन्ताले मानिसहरुलाई सताएको छ।

यस विषयमा प्रवक्ता गौतमले दशैं आसपासमा लकडाउन गर्ने गरी मन्त्रालयले कुनै सुझाव सरकारलाई नदिएको बताएका छन् ।सरकारले दशैं आसपासमा लकडाउन गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई कुनै सुझाव नदिएको उनले बताएका हुन् । तर दशैंमा धेरै मानिसहरु आफ्नो थातथलो जाने हुँदा संक्रमण गाँउगाउँ पुग्ने जोखिम भने उच्च रहेकाले सतर्कता अपनाउनु पर्ने उनले बताएका छन् ।

तर केही मानिसहरु भने २५ हजार सक्रिय संक्रमित हुनेबेलासम्म कुर्नुको कुनै औचित्य नभएको बताउँछन् । तारकेश्वर नगरपालिका बस्ने धादिङका भोला कोइलारा भन्छन् । प्रत्येक दिन कोरोना परिक्षण ३० देखि ४० हजारको हाराहारीमा गर्नेहो भने २ दिनभित्रमै सक्रिय कोरोनाको संख्या २५ हजार नाघ्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस्