Tuesday, January 26

कांग्रेसका सांसदद्वारा बैठकमा टेबल-कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

October 5, 2020 90

बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प्रदेशसभाले १९ गते आज १२ बजेको लागि बैठक बोलाईएको थियो ।

ढिलो गरि सुरु भएको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरुले बिरोध उठेर जनाएपछि, बैठक चलेको ७ मिनेटमै स्थगित भयो । दिउसो २ बजे पुनः बैठक बोलाईएपनी मुख्यमन्त्रीले सहमतिको प्रयासका लागि अधिकतम पहल गरे । झन्डै १ घन्टा ढिला गरि सुरु भएको बैठकमा पनि उस्तै बिरोध गरिरहे ।

सभामुखले वि’रोधका बिच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तो’डफो’ड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तो’डफो’डकै बिच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव बारे छलफल गराईयोस् भन्ने पेश गरे । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीमगरले तो’डफो’डकै बिच बैठक अघि बढाए । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले वि’रोध गरेको छ ।

वि’रोधबिच प्रारम्भ भएको छलफलमा सुरुमै बोल्ने बुटवलबाटै निर्वाचित नेकपा नेता भोजप्रसाद श्रेष्ठले जनताको मर्म र भावना वि’परीत प्रस्ताव ल्याएको भन्दै आ’क्रोश व्यक्त गरे, बोल्ने समय पूरा नपाएका उनले बाहिर बि’रोधको आन्दोलन भैरहने भित्र सुरक्षाकर्मीको घेरामा तानाशाही प्रवृत्तिमा राजधानी सार्न नपाईनेमा उनले आफ्नो अडान राखे ।

यस्तै बैठकमा बोल्दै कपिलवस्तुबाट निर्वाचित सांसद बिष्णु पन्थीले कपिलवस्तुलाई राजधानी बनाउन माग गरे । उनले दाङ्ग र रुपन्देही जिल्लाको मध्यभागमा, सार्दा दुबैको सहमतिको आउने बताए ।

बैठकमा आफ्नो विचार राख्न नपाएको भन्दै कांग्रेसका सांसदहरुले भने नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि केही समय बैठक स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्