Saturday, January 16

जब दिदि-भाईले सामाजिक व्यवस्था, कानुनी व्यवस्था र धार्मिक प्रणालीलाई धोका दिएर बिहे गरे !

October 5, 2020 83

काठमाडौं । आफ्नो स्वार्थका लागि मान्छे कतिसम्म गिर्न सक्छ भन्ने पछिल्लो उदाहारण बाहिर आएको छ । भारत पञ्जाबमा सम्बन्धको बारेमा एउटा दुःखलाग्दो घटना बाहिर आएको छ । यो खबर सुन्ने जो पनि व्यक्ति चकित भएका छन् । एउटी केटीले उनको आफ्नै भाइसँग बिहे गरिन् ।किनभने उनलाई अष्ट्रेलिया जानुपर्ने थियो । विवाह पछि, उनी नक्कली राहदानी बनाएर अष्ट्रेलिया गइन् । एउटी महिलाले यसबारे प्रहरीलाई गुनासो गरेकी हुन् । जुन पछि यस कुराको खुलासा भयो । यस योजनामा ​​भाइबहिनीहरू पनि समावेश रहेको खबर भारतीय सञ्चारमाध्यमहरुमा आएको छ ।

पञ्जाबको एउटा गाउँमा एउटी केटीले विदेशमा बसोबास गर्न चाहिन् तर उनको भिसाको समस्या थियो । इन्स्पेक्टर जय सिंहले भने, ‘अनुसन्धानका आधारमा हामीले अहिलेसम्म यो कुरा थाहा पाएका छौं कि उनका भाई अष्ट्रेलियामा स्थायी बसोबास गरिरहेका छन र उनको बहिनीले नक्कली कागजातहरू लिएका छन र गुरुद्वारा विवाहको प्रमाणपत्र लिएका छन् र यसलाई कार्यालयबाट दर्ता गराए ।’

यस विषयमा थप कुरा गर्दै इन्स्पेक्टरले भने, ‘तिनीहरूले सामाजिक व्यवस्था, कानुनी व्यवस्था र धार्मिक प्रणालीलाई धोका दिएका छन् । ताकि तिनीहरू विदेशमा बस्न सकुन् । हामी रेड राख्दैछौं । तर तिनीहरू भागिरहेका छन् । हालसम्म कसैलाई हिरासतमा लिएको छैन ।’ नक्कली कागजातको सहयोगमा केटी आफ्नो भाइसँग अष्ट्रेलिया गएकी छिन् । उनका भाइ अष्ट्रेलियामा काम गर्छन् ।

पुलिसका अनुसार यो धोखाबाजीको गम्भीर मामला हो । जसमा सम्पूर्ण परिवारको बिरूद्ध मुद्दा दायर गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर जयसिंहले भने, ‘मानिसहरू विदेश जान धेरै किसिमका ठगी गर्छन् । तर आफ्नो भाइसँग बिहे गरेर विदेश जाँदै गरेको कुरा पहिलो पटक सुन्न सकिन्छ । यो सुनेर सबै जना छक्क परे ।’

प्रतिकृया दिनुहोस्