१८ असोज, काठमाडौं । केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल (नयाँ उत्पादन तथा उपभोग्य मिति) राखेर बजार पठाइने गरेको भेटिएको छ । यस्तो धन्दामा संलग्न काठमाडौंको कलंकीस्थित एक गोदामबाट आइतबार चार जनालाई प्रहरीले प’क्राउ गर्यो ।
पाँच तले घर नै भाडामा लिएर एएसटी प्रालिले १४ सय प्रकारका त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अपिल राज बोहोराले बताए । उक्त गोदाममा कार्यरत अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी बोहोराले जानकारी दिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय र कालीमाटी प्रहरी वृत्तले आइतबार विहान ९ बजेदेखि थालेको अपरेसन अपरान्ह चार बजे मात्रै सकिएको थियो । पाँच तले घरको तीनवटा फ्ल्याटमा केक र यसका कच्चा पदार्थको पुनः मिति लेख्न व्यववस्थित ढंगबाट काम गर्ने गरेको पाइएको डीएसपी वोहोराले बताए ।
‘कम्पनीमा अन्य थपको संलग्नताबारे अध्ययन भई रहेको छ, कम्पनी रजिष्टार कार्यालयबाट कागज मगाएर पनि थप अनुसन्धान हुन्छ,’ उनले भने ।कर्मचारीहरुलाई घरभित्रै खाने बस्नेसहितको आबासीय सुविधा दिएर रि-लेबलिङको काम गराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत खड्ग बहादुर श्रेष्ठले बताए ।
‘भुइँ तला, दोस्रो र तेस्रो तलामा यस्तो काम हुने गरेको र माथिको तल्लामा कर्मचारीहरु खाने बस्ने गरेको पाइयो,’ श्रेष्ठले भने । करिब १४ यसभन्दा धेरै प्रकारका वस्तुहरुमा पुनः मिति राख्ने गरेको पाईएपनि सबै वस्तुको परिमाण भने खुलिनसकेको उनले बताए ।
बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट गोदामबाट ठूलो परिमाणमा फेला परेका छन् । आइतबार साँझसम्म पक्राउ परेका कर्मचारीको सहायतामा प्रहरीले एक सय ४१ प्रकारका वस्तुहरुको पहिचान गरेको छ ।
अरेन्ज जुस, रेड एप्पल, म्याङ्गो टम्याटो, स्वीट ककनट, क्वीमन, डेदी घी, भिल्ला नम्बर एक लिक्विड, मिल्क सुप्पर प्रीमियम, चिज फ्लेवर, सिलिका लगायतका वस्तु फेला परेका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरेर का’लोबजारी तथा केही सामाजिक अ’पराध ऐनअनुसार का’रबाही अघि बढाईने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
बिहीबार मात्रै काठमाडौंको कलंकीबाट ठूलो परिमाणमा पौष्टिक खाद्य आहारदेखि कस्मेटिकजन्य वस्तुमा नयाँ मिति राख्दै गरेको अवस्थामा प्रहरीले ८ जनालाई प’क्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस्