Friday, January 15

काठमाडौं नआउन सरकारको अनुरोध

October 3, 2020 153

१७ आश्विन २०७७, शनिबार काठमाडौं ।सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालको समयमा काठमाडौं उपत्यकामा नआउन सर्वसाधरणमा अपिल गरेकोहो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अधिक रहेको भन्दै मन्त्रालयले काठमाडौं नआउन सूचित गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं भर्सक नआउन र आउनै परे सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र आउन आग्रह गर्नुभयो ।

आज मुलुकभरको कोरोना संक्रमितको संख्यामा आधाभन्दा बढी काठमाडौं उपत्यकाका संक्रमित आधाभन्दा बढी छन् ।पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्याकामा मात्रै १ हजार १७७ कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिकृया दिनुहोस्