Friday, January 15

२०औं दिनमा डा. केसीको अनशन : मुटुको चालमा समस्या, गम्भीर बन्दै स्वास्थ्य अवस्था

October 3, 2020 89

काठमाडौँ, १७ असोज । डा. गोविन्द केसीको १९ औँ अनशनको आज २० दिन पूरा भएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका वि’कृति सुधारको माग गर्दै अनशन बसेको २० दिन पुग्दा प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

डा. केसीलाई छाती, मांसापेशी दुख्ने र रिँ’गटा लाग्ने समस्याले धेरै क’मजोर पारेको छ, केसीको उपचार समूहका एक डाक्टरले बताउनुभयो ।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चालमासमेत समस्या आएको छ ।उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य गम्भीर बनेको छ ।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

प्रतिकृया दिनुहोस्