Friday, January 22

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

October 3, 2020 107

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ ।

शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् ।

“सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” उनले भने ।पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण दर दिनदिनै बढिरहेको छ। शनिवार मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्