Friday, January 15

केसीको ज्यान बचाउन सरकारसंग पूर्वराष्ट्रपति यादव आग्रह

October 2, 2020 90

काठमाडौँ, १६ असोज । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले सरकारले अनशनत डा.गोविन्द केसीको माग वार्तामार्फत सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

आज अनशनरत डा.केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्नुभएका पूर्वराष्टपति यादवले सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनु भएको हो ।

यादवले भन्नुभयो, चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्छ ।

साथै उहाँले राष्ट्रकै अमूल्य सम्पत्तिका रुपमा रहेका केसीको ज्यान बचाउन सरकारसंग आग्रह समेत गनुृभयो ।

प्रतिकृया दिनुहोस्