एजेन्सी- बेलायतको फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कमा राखिएका सुगाले आगन्तुकलाई तथानाम भन्दै गा’ली गर्न थालेपछि त्यहाँबाट हटाइएको छ ।पाँच वटा खैरा अफ्रिकन सुगाले अ’पशब्द प्रयोग गर्दै आगन्तुकलाई गा’ली गर्न थालेपछि उनीहरूलाई चिडियाखानाबाट हटाइएको बीबीसीले जनाएको छ।
गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगाले आगन्तुकलाई अ’पशब्दसहित गा’लिग’लौज गर्न थालेपछि अन्यत्रै सारिएको पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्सले बताए ।
केही समय क्वारेन्टिनमा राखेर मुख्य पंक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गा’ली गर्न थालेका थिए।
ती सुगाले गरेको गा’लीग’लौजको भाषा अरू चराहरूले पनि सिक्न सक्ने तथा वालवालिका पार्कमा पुग्दा नराम्रो कुरा सिक्ने जोखिम बढेकाले उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ।
लिङ्कनशर वाइल्डलाइफ पार्क विभिन्न प्रतिक्रिया जनाउने चराका कारण बेलाबेलामा चर्चामा आउने गरेको छ ।गत जनवरीमा यही पार्कको चिको नामक एउटा सुगा सामाजिक सञ्जालमा भाइरल भएको थियो।उक्त सुगाले अमेरिकी गायिका बियोन्सेको ‘इफ आई वेअर अ ब्वाई’ बोलको गीत गाएर चर्चित भएको थियो ।
प्रतिकृया दिनुहोस्