फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक मेसेन्जरलाई, इन्स्टाग्राम र ह्वाट्स्यापसँग जोड्ने योजना लिएका थिए।सोही योजनाअनुसार यो वर्षको सुरुमा ह्वाट्स्याप र फेसबुक मेसेन्जर जोडिइ सकेको छ। जसमा प्रयोगकर्ताले ह्वाट्स्याप मेसेन्जर बटनको फिचर पाएका थिए।
यो फिचरमा ह्वाट्स्यापमै मेसेन्जर भिडियो कल गर्नसक्ने सुविधा छ। अब फेसबुकले मेसेन्जर र इन्स्टाग्राम पनि जोड्ने भएको छ। मेसेन्जर र इन्स्टाग्राम जोडिने भएसँगै यी दुई एपले अन्य नयाँ फिचरहरु ल्याएका छन्। सो नयाँ फिचरमा मेसेन्जर एप नभएका प्रयोगकर्ताले पनि इन्स्टाग्रामको डिएमबाट सिधैँ मेसेन्जरमा मेसेज पठाउन सक्छन्। त्यस्तै इन्स्टाग्राम एप नभएकाले मेसेन्जरबाट इन्स्टाग्राममा डिएम गर्नसक्ने छन्।
भारतीय अखबार हिन्दुस्तान टेकको अनुसार भविष्यमा मानिसले दुवै एप प्रयोग गरेर एकअर्कोमा मेसेज पठाउन सक्छन्। पछिका अपडेटमा प्रयोगकर्ताले भिडियो कलको बिचमै फेसबुक भिडियो, आइजिटिभी भिडियो गर्न र फिल्म समेत हेर्न पाउने छन्।
साथै इन्स्टाग्राम डिएममा मेसेन्जरका अन्य फिचर जस्तै: भ्यानिस मोड जसमा मेसेज एकपटक हेरेपछि हराउने, सेल्फी स्टिकर, च्याटको रंग मिलाउने, कस्टम इमोजी रियक्सन र ब्लकिङ अपडेट हुनेछ।
प्रतिकृया दिनुहोस्