काठमाडौं,अहिले जताततै कोरोना भाइरसको आतंक छ। यो सर्ने हो कि भन्ने त्रासले हामी सबैलाई सताइरहेको छ। यसबाट बच्न व्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटर दूरी कायम गर्न भनिएकाले मान्छेदेखि मान्छे भयभीत भइरहेका छन्, छोइन्छ कि भनेर। तर बजार, कार्यालय तथा सार्वजनिक सवारीसाधनमा चाहेर पनि २ मिटरको दूरी कायम गर्न सम्भव छैन। एकअर्कासँग छोइएरै हिँड्नुपर्ने अवस्था छ। यसो हुँदा हामीमध्ये धेरैलाई जिज्ञासा लागिरहेको हुन सक्छ– एकले अर्काेलाई छोइँदैमा कोरोना सर्ला किन नसर्ला? अर्थात् कपडा-कपडा टाँसिँदा भाइरस सर्ला कि नसर्ला?
यस विषयमा देशकै प्रमुख कोभिड अस्पताल मानिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग बिहीबार बिहान जिज्ञासामा डा. राजभण्डारीका अनुसार मानिस मानिसलाई छुनेबित्तिकै कोरोना सर्ने होइन। भाइरस सर्नका लागि जैविक तत्व चाहिन्छ। त्यसकारण कपडा–कपडा छोइँदैमा भाइरस सर्दैन। उनका अनुसार हात मिलाउँदैमा पनि कोरोना संक्रमण भइहाल्ने होइन। हातबाट हातमा भाइरस सर्न त सक्छ, तर त्यो नाकमुखमा नलाँदासम्म संक्रमण गर्दैन ।यसैकारण नाक-मुखमा लानुभन्दा पहिले हातलाई साबुनपानीले राम्रोसँग धुन भनिएको हो।
सोही अस्पतालको रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन पनि मान्छेसँग छोइँदैमा वा कपडा-कपडा टाँसिँदैमा कोरोना भाइरस नसर्ने बताउँछन्। दूरी कायम गर्नु भन्नुको मुख्य उद्देश्य के हो भने कोही संक्रमित छ, उसले मास्क लगाएको छैन र खोक्यो वा हाच्छिउँ गर्याे भने उसको मुखबाट उ’छिट्टने छिटा अर्काे स्वस्थ व्यक्तिको नाक-मुखमा नपरोस् भनेर हो। उनी भन्छन्, ‘कुनै संक्रमित व्यक्तिले तत्काल थुकेको ठाउँमा हात पर्याे भने हातमा भाइरस टाँसिन त सक्छ, तर त्यो हात नाक-मुखमा नलगी राख्यो भने संक्रमण सर्दैन।’
डा. पुनका बजार जाँदा, यात्रा गर्दा विभिन्न सामान तथा स्थान त छुनैपर्ने हुन्छ। तिनमा कोरोना भाइरसको संक्रमण पनि हुन सक्छ। त्याे हातमा सरेको पनि हुन सक्छ। तर त्यो हात साबुनपानीले धुन नपाउन्जेल वा सेनिटाइजर लगाउन नपाउन्जेल नाक-मुखमा नलाने हो भने संक्रमण सर्दैन। डा. पुन भन्छन्, ‘मुख्य कुरा संक्रमित हात, वस्तु वा छिटा श्वा’सप्रश्वासको द्वार अर्थात् नाक-मुखमा नपुगोस् भन्नेमा ध्यान दिन आवश्यक छ।’ कतै यात्रा गर्दा साबुनपानी नपाइने तथा सबैसँग से’निटाइजर पनि नहुने अवस्था छ भने घर नआइपुग्दासम्म आफ्ना हातलाई नाक मुखमा लानबाट जोगाएर राख्न आफूले सल्लाह दिने गरेको डा. पुनले बताए।
कुनै पनि संक्रमित/शं’कास्पद वस्तु/पदार्थलाई नाक-मुख अर्थात् श्वा’सप्रश्वासको सम्पर्कमा आउनबाट जोगाउने हो भने काेराेना सर्ला कि भनेर धेरै ड’राउनु नपर्ने उनको सुझाव छ। तसर्थ मानिसले मानिसलाई छुँदैमा कोरोना सर्छ भनेर छिः’छिः र दू’रदूर गर्नु गलत भएको डा. पुन बताउँछन्।
प्रतिकृया दिनुहोस्