Wednesday, January 27

मन्त्रालयले सबै विद्यार्थी र विद्यालयहरुलाई निशुल्क इन्टरनेट दिने, यसरी लिनुहोस सेवा (तरिकासहित )

September 30, 2020 96

भदौं १९ गते शिक्षामन्त्री गिरिराज मणी पोखरेलले पारित गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने भनेर उल्लेख गरिएको छ ।यस अन्तर्गत असोज १ गतेदेखि नै कार्यान्वयन गर्नका लागी संघ, प्रदेश र स्थानीय तहका निकाय र सरोकारवालालाई निर्देशन दिइसकेको बताइएको छ ।

कोरोनाका कारण विद्यालयहरु बन्द भएपछि मन्त्रालयले बैकल्पिक पठान पाठनमा जोड दिदै आएको छ । यद्धपी इन्टरनेटको पहुँच नभएका कारण सबैले यसमा सहभागी हुन पाएका थिएनन् । अब नि: शुल्क इन्टरनेट लिन विद्यार्थी र विद्यालयले आफ्नो स्थानीय निकायसँग सम्पर्क गर्नुपर्ने बताइएको छ ।

१.सवै भन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्र को फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।
२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस https://ntc.net.np/student-kyc
३. proceed मा क्लिक गर्नुहोस।
४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै वक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस।
६. *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस। zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस। यो नि:शुल्क हुनेछ ।यो जानकारी सबैमा सेयर गर्नुहोला ।

प्रतिकृया दिनुहोस्