July 5, 2020 219
काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ३३ हजार ४७४ जनाको मृत्यु भएको छ भने १ करोड १३ लाख ८२ हजार ८९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६४ लाख ४० हजार ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच नेपालमा कोरोना भाइरसका कारण ३४ जनाको मृत्यु भएको छ भने १५ हजार ४९१ जनालाई संक्रमण भएको छ ।
साथै ६ हजार ४१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ हजार ४२ जना उपचाररत छन् ।
नेपालमा कोरोना संक्रमितको हिसावले यो समाचार तयार पार्दासम्म विश्वको ६१ औँ स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस्