Friday, February 26

कहिलेसम्म आउँछ कोरोनाको ‘टीका’ ? मानिसमा १७ ‘भ्याक्सीन’को हुँदैछ परीक्षण

July 4, 2020 221

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार अहिले सारा विश्वमा थोरैमा पनि १४७ सम्भावित कोरोना भाइरसको टीका विकसित भईरहेका छन् ।

भ्याक्सीनमा फन्डिङ दिने मानिस र संस्थाहरुमा विश्वका केहि सरकार पनि सामेल छन् ।

यसमध्ये संयुक्त राज्य अमेरिका, साना तथा ठूला फार्मस्युटिकल कम्पनी र बिल गेट्स र डोली पार्टन जस्ता धनीहरुको नाम छ ।

अहिलेसम्म १७ वटा टीका बनाइएका छन् जो, मानव परीक्षणको स्टेजसम्म पुगेका छन् । १७ मध्ये ७ टीका चीनले विकसित गरिरहेको छ ।

कहिलेसम्म आउँछ टीका ?

राष्ट्रपति डोनाल्ड ट्रम्प र नयाँ टीका विकसित गर्ने व्यक्ति मोन्सेफ स्लाईले एक भ्याक्सीन यो वर्षको अन्तिमसम्ममा आउने गरेर तयारी थालेको बताएका छन् । तर अधिकांश सार्वजनिक स्वास्थ्य विशेषज्ञले यसमा थोरै मात्र समय लाग्ने बताइरहेका छन् ।

यस बारेमा फ्रेन्च नेशनल इन्स्टीट्युट अफ हेल्थ एण्ड रिसर्चका पूर्व निर्देशक र डब्ल्युएचओका एक शिर्ष अधिकारी डा. म्यारी पोल कीनीका अनुसार सन् २०२१ को मध्यमा लाखौँ तथा करोडौँ मानिसका लागि भ्याक्सीन बन्न सक्नेछ ।

त्यस्तै डब्ल्युएचओले कोरोना भाइरसको महामारी कहिल्यै पनि पूर्ण रुपमा नसकिने चेतावनी दिएका छन् । डा. कीनीका अनुसार कोभिड १९ विरुद्धको एक टीका विकसित गर्न सकने बताएका छन् ।

कसरी काम गर्छ क्लीनिकल ट्रायलले ?

विभिन्न कम्पनीहरुले बनाएका भ्याक्सीनका साथै टीकाको पनि परीक्षण गरिएको छ । ति मध्ये केहि यस्ता टीका पनि छन्, जसलाई पहिला कहिल्यै मानिसमा प्रयोगका लागि अनुमति मिलेको थिएन ।

कुनै पनि भ्याक्सीनलाई स्विकृति दिन र व्यापक रुपमा वितरण गर्नु भन्दा पहिला प्री क्लीनकल चरणमा पशु तथा मानिसमा परीक्षण गर्नुपर्दछ । अन्तिममा थोरै संख्यामा मात्र यस्ता परीक्षणबाट भ्याक्सीन सफल हुने गर्दछन् ।

टीका परीक्षणको पहिलो चरण

१. २० देखि लिएर १०० सम्म संक्रमित प्रतिभागीमा औषधिको प्रयोगको प्रभाव कस्तो रहन्छ भनेर जाँच्नका लागि परीक्षण गर्ने गरिन्छ । यसमा केहि महिनाको समय लाग्न सक्छ ।

चरण २

सयौँ संक्रमितमा टीकाको परीक्षण गरिन्छ । किनभने यो औषधिले काम गर्दछ वा गर्दैन भन्ने कुरा बुझ्नको लागि र यसको साइड इफेक्टको बारेमा बुझ्नका लागि पनि । यसमा दुई वर्षको समय लाग्न सक्दछ । र एक तिहाई ड्रग्स नै तेश्रो चरणमा पुग्दछन् ।

चरण ३

अत्याधिक महत्वपूर्ण अभ्ययनको रुपमा हेरिने यो चरणमा परीक्षणको लक्ष्यधेरै संक्रमितलाई ठीक बनाउँछ वा बनाउँदैन भन्ने बारेमा अध्ययन गरिन्छ । अध्ययनको व्यापकता र अवधिका कारण तेश्रो चरणको परीक्षण दुष्प्रभावलाई देख्न सकिन्छ । यसको समय लगभग ४ वर्ष लाग्न सक्छ ।

चरण ४

बिरामीहरु रोगसँग लडिरहेको र औषधिको प्रयोगबाट देखिएको प्रभावका बारेमा यस चरणमा अध्ययन गरिन्छ । साथै संक्रमितमा परीक्षण लगातार भईरहन्छ । प्रभावशाली र दीर्घकालीन दुष्प्रभावको बारेमा अध्ययन गरिन्छ ।

एफडीएद्वारा टीकाको अनुमती पाएपछि यसको परीक्षण शुरु हन्छ । केहि मामिलामा कम्पनीहरुले संयक्त रुपमा पहिलो, दोश्रो वा तेश्रो चरण एकैसाथ पनि गर्न सक्छन् ।

यी हुन् १७ भ्याक्सीन

1. AstraZeneca: यूनाइटेड किंगडमको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सीन।
Trial stage: Phase III

2. Sinopharm: चीन
Trial stage: Phase III

3. Moderna: अमरीकाको नेशनल इन्स्टीट्यूट अफ हेल्थ
Trial stage: Phase II

4. CanSino: चीनको बेइजिङ इन्स्टीट्यूट अफ बायोटेक्नोलोजी (एकेडमी अफ मिलिट्री मेडिकल साइन्सेज)
Trial stage: Phase II

5. Novavax: अमेरिका
Trial stage: Phase I/II

6. Pfizer: अमेरिका र जर्मनी
Trial stage: Phase I/II

7. Sinovac: चीन
Trial stage: Phase I/II

8. Imperial College London: यूनाइटेड किंगडम
Trial stage: Phase I/II

9. Inovio: अमेरिका
Trial stage: Phase I

10. IMBC AMS: चीन
Trial stage: Phase I

11. Genexine Consortium: दक्षिण कोरिया
Trial stage: Phase I

12. Gamaleya Research Institute: रूस
Trial stage: Phase I

13. Clover Biopharmaceuticals: चीन
Trial stage: Phase I

14. Anhui Zhifei Longcom: चीन
Trial stage: Phase I

15. CureVac: जर्मनी
Trial stage: Phase I

16. PLAAMS/Walvax: चीन
Trial stage: Phase I

17. Vaxine: अष्ट्रेलिया
Trial stage: Phase I

प्रतिकृया दिनुहोस्