Tuesday, January 19

धनगढी नजिकैको बेलाको जंगलमा २ किशोरीको शव फेला

July 4, 2020 175

धनगढी,असार-२० ।
कैलालीको धनगढी उपमहानगरपालिकाको एक जंगलमा २ युवतीको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपमहानगरपालिका-७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको भेटिएको हो ।

प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवै जनाले विष सेवन गरी आ त्मह त्या गरेको खुल्न आएको जानकारी दिए ।

उनले भने, ‘शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी पनि फेला परेको छ , विष सेवन गरेर नै आत्महत्या गरेको हुन सक्छ । ’दुवैको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । दुवै युवतीहरू सँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्