Tuesday, January 26

BREAKING: आज फेरी थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

May 16, 2020 257

काठमान्डौ , आज शनिबार नेपालमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले थप ६ जनामा कोरोना पुष्टि गरेको हो ।बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर ४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीय महिला रहेका छन् ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यस अघि हिजो १८ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको थियो ।मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

प्रतिकृया दिनुहोस्