Sunday, January 24

सन्तान जन्माउन साइकल चढेर अस्पताल पुगिन् यी मन्त्री

July 4, 2020 157

न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारकी महिला मन्त्री आफ्नो पहिलो सन्तान जन्माउनका लागि आफै साइकल चलाएर अस्पताल पुगेकी छन् । द ग्रिन पार्टीकी जुली जेन्टर न्युजिल्याण्डकी महिला मन्त्री हुन् ।

उनी गर्भवती भएको ४२ हप्ता अर्थात ९ महिना भयो । कारमा बस्नका लागि चाहिने जति स्पेस नभएकाले आफूले साइकल चलाएरै अस्पताल जाने निर्णय गरेको मन्त्री जेन्टरले बताएकी छन् ।

उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल चलाएर अस्पताल गएकी हुन् । मन्त्री जेन्टरले प्रेमीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

न्युजिल्याण्डका मन्त्रीहरु पछिल्लो समय विश्वभरका आदर्श पात्र बनेका छन् । गएको जुनमा प्रधानमन्त्री ज्यासिन्डाले आफ्नो पहिलो सन्तान जन्माएकी थिइन् ।

उनी सत्तामै रहँदा सन्तान जन्माउने विश्वको दोस्रो नेता हुन् । उनी ६ हप्ता सुत्केरी बिदा बसेर काममा फर्किएकी छन् ।

३८ वर्षकी जेन्टरले अब आफ्नो पहिलो सन्तान जन्माउँदै छिन् । उनी देशको सहायक यातायात मन्त्री पनि हुन् । उनले साइक्लिङ्गको पक्षमा वकालत पनि गर्दै आएकी छन् । एजेन्सी

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ स’मस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती स’मस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो स’मस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। स’मस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अ’नुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अव’रोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अ’वरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिकृया दिनुहोस्