Sunday, January 24

नेयमारमाथि प्रतिबन्ध

September 17, 2020 105

काठमाडौं । पेरिस सैन्ट जर्माइनका फरवार्ड नेयमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । आइतबार सम्पन्न खेलमा नेयमारले मरसिलिका खेलाडी अल्भारो गोञ्जालोजसँग खराब आचरण प्रस्तुत गरेको भन्दै उनीमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो ।ब्राजिली खेलाडी नेयमारले भने गोञ्जालोजले सामाजिक सञ्जालमा नश्लभेदी टिप्पणी गरेको आरोप लगाएका छन र त्यसको अनुसन्धानका लागि आग्रह गरेका छन । गोञ्जालेजले नेयमारको दाबी अस्वीकार गरेका छन ।

उक्त खेलमा पाँच जना खेलाडीहरुले रातो कार्ड पाएका थिए । सेन्ट जर्माइनका डिफेन्डर लेभिन कुर्जवालाई छ खेलको लागि निलम्बन गरिएको छ ।अर्का खेलाडी लिओनार्दो पारेड्समाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । मरसिलिका जोर्डन अमाबीलाई तीन खेलको लागि निलम्बन गरिएको छ । डारिओ बेनेडेट्टो तीन खेल बाहिर बस्नुपर्नेछ ।फ्रान्समा ब्यवसायिक फुटबल सञ्चालन गर्ने निकाय लिग डे फुटबल प्रोफेशनलले नेयमारको दाबीबारे अनुसन्धान गर्ने जनाएको छ । उक्त खेलमा पेरिस सैन्ट जमाईन मरसिलिसँग १–० ले हार बेहोरेको थियो ।

प्रतिकृया दिनुहोस्