Friday, February 26

चीनसँग सीमा विवाद बढ्दै जाँदा कसैलाई थाहै नदिई अचानक लद्दाख पुगे नरेन्द्र मोदी

July 3, 2020 260

काठमाडौं । चीनसँग बढ्दै गएको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखमा पुगेका छन् । मोदी भारत–चीनबीचको विवादित सीमा क्षेत्र लद्दाख पुगेका हुन् । मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत शुक्रवार बिहान लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको लडाँईमा भारतीय कर्णेलसहित २० जना सेनाले ज्यान गुमाएपछि भारत–चीन सीमा विवाद उत्कर्षमा पुगेको छ । दुई देशले सीमा विवाद मिलाउन पटकपटक वार्ता गरिसकेका छन् । तर कुनै पनि वार्ता सफल भने हुन सकेको छैन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्