Friday, March 5

काठमाडौंमा सं’क्रम’ण पुष्टि भएका ७ वर्षका बालक एम्बुलेन्समा बारावाट आएका थिए

May 15, 2020 95

काठमाडौं, २ जेठ । कोरोना सं क्रम ण काठमाडौं भित्रनुमा ठूलो लापरवाही देखिएको छ । बिहीवार काठमाडौंमा कोरोना पुष्टि भएका एक बालकलाई एम्बुलेन्स मार्फत ल्याएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना पुष्टि भएको थियो । वाहिरि जिल्लावाट यसरी लुकेर काठमाडौं आएकाहरुवाट कोरोनाको जोखिम बढेको छ ।

संक्रमित बालक चन्द्रगिरि नगरपालिका वडा १ को दहचोमा बस्दै आएका छन्। ति बालक २५ दिन अघि आमासंग वारावाट एम्बुलेन्समा आएको बुझिएको छ । चैतको पहिलो साता नै आमाले बालकलाई लिएर बारा स्थित माइत गएकी थिइन्।

बालकका बाबुको घर भने दोलखामा रहेको छ। बाबु ट्याक्सी चालक हुन्। सरकारले लकडाउन घोषणा गरेपछि माइत गएकी उनी उतै रोकिएकी थिइन्। तर, आफन्त पर्ने एक जना विरामी भएर काठमाडौं आउनुपर्ने भएपछि उनीहरु त्यही एम्बुलेन्स चढेर आएको खुलेको नगरपालिकाले जनाएको छ।

वैशाख ६ गते उनीहरु एम्बुलेन्स चालक सहित ६ जना काठमाडौं आएको प्रारम्भीक अनुसन्धानमा खुलेको हो। अहिले संक्रमित बालकको पाटन स्थित अस्प्तालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्